विपन्न महिलाको उत्थानका निम्ति नवउद्यम कार्यक्रम

खोटाङ- विपन्न महिलाको उत्थानका निम्ति केपिलासगढी गाउँपालिकामा ग्रामीण महिला नवउद्यम तथा अनुदान कार्यक्रम सञ्चालन भएको छ ।
गाउँपालिकाका गरिब र कमजोर आर्थिक अवस्थाका नागकिकको आयआर्जनमा वृद्धि गर्ने उद्देश्यले जी फाउण्डेशनको सहयोगमा उक्त कार्यक्रम सञ्चालन भएको हो ।
कार्यक्रमअन्तर्गत अनुदानका लागि केपिलासगढी गाउँपालिका र जी फाउण्डेशनबीच सम्झौतासमेत भएको छ । फाउण्डेशनका सूचना अधिकारी अभिनी दीक्षितका अनुसार पहिलो चरणमा ११ महिला र चार पुरुष गरी १५ जना छनोटमा परेका छन् ।
छनोटमा परेका उद्यमीले कृषि उपज, सागसब्जीखेती र पशुपन्छी उत्पादनलगायत उद्यम गर्नुपर्ने छ ।
फाउण्डेशनले सन् २०२५ सेप्टेम्बरसम्म पालिकालाई प्राविधिक सहयोग गर्ने जनाइएको छ । सार्थ फाउण्डेशनले नयाँ उद्यम दर्ता, कृषि तथा पशुपन्छीपालनका लागि बीउ पुँजी, प्राविधिक सहयोग र परामर्श दिने जानकारी उनले दिइन् ।
फेकन उपाध्यक्षमा खरेलको उम्मेदवारी, पेशागत हितका लागि दर्जनौं योजना सार्वजनिक

भक्तपुरमा अवैध ४५० रोपनी जग्गा प्लटिङ, वन क्षेत्र र सार्वजनिक जग्गा रोक्का

धितोपत्र बोर्डमा अख्तियारको छापा

नीति निर्माणमा संलग्न अधिकारीहरू लिए ८ महिने 'पोलिसी लिडरशिप' तालिम

भारत–पाकिस्तान युद्धपछि नेपालमा सुरक्षा समिति बैठक : सीमा र विमानस्थलमा निगर…

४० लाख नगदसहित बिशालबजारबाट दुई हुन्डी कारोबारी पक्राउ

भ्रष्टाचारबाट आर्जन गरेर विदेशमा लुकाएको सम्पती फिर्ता ल्याउन सरकारले सहयोग गर…

प्रतिक्रिया