भारत-पाकिस्तान युद्धले नेपालमा पनि गर्छ असर : मसला, स्याम्पुदेखि औषधिसम्म पाकिस्तानसँग किन्छ नेपाल

काठमाडौँ- यतिबेला पाकिस्तान अशान्त छ । बुधवार भारतले पाकिस्तानको कश्मीरमा श्रृङ्खलाबद्ध क्षेप्यास्त्र प्रहार गरेको गरेको छ । भारत प्रशासित कश्मीरमा एक नेपाली र अन्य २५ पर्यटकहरूमाथि घातक आतङ्कवादी आक्रमण भएको दुई सातापश्चात भारतले उक्त हमला गरेसँगै पाकिस्तान अशान्त छ ।
पाकिस्तान अशान्त बनिरहँदा नेपाल–पकिस्तानबीचको व्यापारिक सम्बन्धमा असर पर्नसक्ने खतरा बढेको छ । भन्सार विभागको तथ्यांक हेर्ने हो भने चालु आर्थिक वर्ष २०८१/८२ को साउनदेखि चैत मसान्तसम्मको तथ्यांकले नेपाल र पाकिस्तानबीचको व्यापारिक सम्बन्ध उच्च देखिन्छ । खासगरी पाकिस्तानबाट नेपालमा मसला, स्याम्पुदेखि औषधिसम्म आयात भएको देखिन्छ ।
तथ्यांकअनुसार चैतसम्म नेपालले पाकिस्तानबाट २५ करोड ४७ लाख रुपैयाँ बराबरको वस्तु आयात गरेको देखिन्छ भने केवल ६ करोड २२ लाख रुपैयाँ बराबरको निर्यात गरेको छ । यसले १९ करोड २४ लाख रुपैयाँको व्यापार घाटा देखाउँछ ।
नेपालले पाकिस्तानबाट मसला, औषधिय जडीबुटी, औषधि, सौन्दर्य प्रशोधन र रासायनिक पदार्थजस्ता विविध वस्तु आयात गर्छ । सबैभन्दा धेरै आयात हुने वस्तुमा मसला हो । नेपालले ५ करोड ३८ लाख बराबरको मसला यो अवधीमा आयात गरेको छ । त्यस्तै औषधिजन्य जडीबुटी २ करोड ४६ लाख, फेस क्रिम १ करोड ४० लाखको नेपालले पाकिस्तानबाट आयात गरेको देखिन्छ ।
औषधिमा एन्टिबायोटिक र हर्मोनका औषधि र रासायनिक वस्तुहरूमा सोडियम बाइकार्बोनेट पनि पाकिस्ताबाट नेपालमा उल्लेख्य मात्रामा आयात हुन्छन् । कालो नुन, चुरोट, साबुन र प्लास्टिकका सामानजस्ता वस्तुहरू पनि आयातको सूचीमा छन् ।
लामो समयसम्म युद्ध चर्किदै गए पाकिस्तानबाट समान नआउँदा यी वस्तुको हाहाकार हुने खतरा बढेको छ । पाकिस्तानी सञ्चारमाध्यमहरुका अनुसार लाहोर र कराचीजस्ता ठूला शहरहरूका हवाई क्षेत्र बन्द गरिएको छ । यस क्षेत्रमा ठूला विमानस्थलहरू पर्दछन् जस्मा इस्लामावाद अन्तर्राष्ट्रिय विमानस्थल पनि पर्दछ । ति क्षेत्रमा हवाई उडानहरूमा ठूलो असर परिसकेको छ र उडानहरूको निगरानी राख्ने वेबसाइट फ्लाइटरेडार २४ का अनुसार कतिपय विमानहरू पाकिस्तानबाट ‘डाइभर्ट’ भएका छन् ।
सामाजिक सञ्जालमा राखेको विवरणमा उक्त वेबसाइटले फिनएअर, एमिरेट्स, टर्किश कार्गो र साउदी अरेबियाका विमानहरू अन्यत्र मोडिएको जनाएको छ । एक वक्तव्य जारी गर्दै एअर फ्रान्सले भनेको छ उसले अर्को सूचना नभएसम्म पाकिस्तान माथिका उडानहरू रद्द गरिएको छ ।
फेकन उपाध्यक्षमा खरेलको उम्मेदवारी, पेशागत हितका लागि दर्जनौं योजना सार्वजनिक

भक्तपुरमा अवैध ४५० रोपनी जग्गा प्लटिङ, वन क्षेत्र र सार्वजनिक जग्गा रोक्का

धितोपत्र बोर्डमा अख्तियारको छापा

नीति निर्माणमा संलग्न अधिकारीहरू लिए ८ महिने 'पोलिसी लिडरशिप' तालिम

भारत–पाकिस्तान युद्धपछि नेपालमा सुरक्षा समिति बैठक : सीमा र विमानस्थलमा निगर…

४० लाख नगदसहित बिशालबजारबाट दुई हुन्डी कारोबारी पक्राउ

भ्रष्टाचारबाट आर्जन गरेर विदेशमा लुकाएको सम्पती फिर्ता ल्याउन सरकारले सहयोग गर…

प्रतिक्रिया