हामी आफ्नै आत्मरतिमा रमायौंः गौतम

काठमाडौँ- नेपाली काँग्रेसका सांसद सञ्जयकुमार गौतमले सरकारले सुशासन दिन नसकेको बताएका छन् ।
बुधवार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले नेपाली राजनीति र दलहरूले इतिहास, परम्परा, संस्कृति र धर्म बिर्सिएको जस्तो देखिएको बताए । उनले जानुपर्ने पर्ने गन्तव्य अर्कैतिर भएपनि आफूहरू आफ्नै आत्मरतिमा रमाउँदा जनतामा छाएको निराशालाई सम्बोधन गर्न नसकिएको बताए ।
उनले मुलुकमा भ्रष्टाचार नियन्त्रण गर्न नसकेको बताउँदै यसमा दल र सरकार विशेषले मात्र नभई राष्ट्रिय एकता निर्माण गर्नुपर्ने जिकिर गरे । उनले निषेधको बाटोबाट बाहिर निस्किएर आत्मरतिमा रमाउन छोड्नुपर्ने धारणा राखे । सांसद गौतमले मुलुकलाई राम्रो बाटोमा लैजाने कोशिस गरेको खण्डमा सोचेको नेपाल बनाउन सकिने बताउँदै अलमलमा परे कहीँ पुग्न नसकिने बताए । उनले दल र सरकारमा रहेका शिर्ष नेताहरूलाई राजनेताको भुमिका निर्वाह गर्न आग्रह समेत गरे ।
उनले भने, “हामीले इतिहास बिर्सिएको जस्तो, हामीले परम्परा बिर्सिएको जस्तो, हामीले संस्कृति बिर्सिए जस्तो, धर्म बिर्सिएको जस्तो देखिएको छ । हामी जानुपर्ने पर्ने गन्तव्य एकातिर छ, तर हामी आफैँ आफ्नै किसिमको आत्मरतिमा रमाएको अनुभुतिले गर्दा आम जनतामा छाएको निराशालाई सम्बोधन गर्न सकेका छैनौँ । हामीले सुशासन दिन सकेकै छैनौँ । भ्रष्टाचार नियन्त्रण गर्न सकेकै छैनौँ । यो कुनै दल विशेष, सरकारले विशेषले मात्रै गर्नसक्ने होइन, यसमा हामीले राष्ट्रिय एकता निर्माण गर्नुपर्छ । निषेधको बाटोबाट हामी बाहिर निस्किनुपर्छ । हामीले आत्मरतिमा रमाउन छोड्नुपर्छ । मुलुकलाई एउटा राम्रो बाटोमा लैजाने कोशिस गर्यौं भने हामीले सोचेको नेपाल बनाउन सक्छौँ, होइन भने हामी यत्तिकै अलमलमै पर्यौ भने हामी कहीँ पनि पुग्न सक्दैनौँ । म हाम्रा नेताहरूलाई आग्रह गर्न चाहन्छु, राजनेताको भुमिका निर्वाह गरिदिनुस् ।”
उनले भारत र पाकिस्तानबीच युद्ध शुरु भएको भन्दै यसले पार्ने प्रभाव नकारात्मक हुने समेत जिकिर गरे ।

प्रचण्ड गणतन्त्रको संस्थापक हुन्, गणतन्त्र ढल्न खोज्दा परेको पीरले बोलेको कुरालाई …

आगामी निर्वाचनमा एमालेको एकल बहुमत आउँछ : प्रधानमन्त्री ओली

राजदूत लम्सालद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत

‘बजेटले अर्थतन्त्रका देखिएका समस्यालाई सम्बोधन गर्ने प्रयास गरेको छ’

मोहम्मद आफताब आलमलाई मस्तिष्कघात, आइसीयूमा उपचार हुँदै

सभापति देउवाद्वारा नेता अधिकारीको निधनप्रति दुःख व्यक्त

विश्व शान्तिका लागि संस्कृति र सभ्यताबीच समझदारी आवश्यक : पूर्वराष्ट्रपति भण्डारी

प्रतिक्रिया