पुरातन शैली र नेतृत्व वाधक नबनिदिए मुलुक आफैं बन्छ : विराजभक्त श्रेष्ठ

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विराजभक्त श्रेष्ठले सरकारले ल्याएको नीति तथा कार्यक्रममा कुनैपनि समस्याको समाधान दिन सक्नेगरी नआएको बताएका छन् ।
प्रतिनिधि सभाको बुधवारको बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै अब मुलुक पुरातन शैली र पुरातन नेतृत्वबाट बन्न नसक्ने भएकाले पुरातन शैली र पुरातन नेतृत्व बाधक नबनिदिए युवाहरुले नै देश बनाउने दाबी गरे ।
नीति तथा कार्यक्रममा नीति र कार्यक्रम छुट्याउन नसक्ने गरी आएको आरोप लगाउँदै उनले कार्यान्वयनको कमजोर श्रृंखला कायमै रहेको बताए । साथै, नीति तथा कार्यक्रममा आजको युवाको सोच र स्वभावसँग मेल खाने कुनैपनि प्ररकारको कार्यक्रम रहेको दाबी गरे । नीति तथा कार्यक्रम यथास्थितिको निरन्तरतामात्रै भएको र नीति तथा कार्यक्रममा दूरदृष्टि र आत्मनिर्भरताको अभाव देखिएको आरोप लगाए ।
उनले भने, ‘यो देश पुरातन शैलीबाट पुरातन नेतृत्वबाट बन्छ भन्ने लाग्दैन । नबिगारिदिए पुग्छ । युवाहरु आफैंले बनाउँछन् वाधक नबनिदिएपनि युवाहरु आफैंले बनाउँछन् । यसमा नीति के हो कार्यक्रम के हो भन्ने छुट्याउन सकिएन । यथास्थितिको निरन्तरतामात्रै हो यसले नविनता सापेक्षताको अभाव छ । आर्थिक मन्दीलाई सम्बोधन गर्ने, युवा पुस्ता र भविष्यप्रति सरकार बेखबर भएको देखियो, सतही रुपमा नीति तथा कार्यक्रम आयो । दूरदृष्टि र आत्मनिर्भरताको अभाव देखियो । स्पष्ट खाका केही देखिएन । कार्यान्वयनको कमजोर श्रृंखला भयो यो जहिले पनि आर्थिक वर्षको अन्त्यमा विकास निर्माण गर्ने परिपाटीको पनि अन्त्य हुन सकेन । खर्च गर्नसक्ने क्षमतापनि सरकारसँग छैन । खर्च गर्ने प्रणाली बनाउन सक्नुपर्छ । आजको युवाको सोचलाई आवश्यकता र विश्वसँग मेलखाने कुनैपनि विषय समेटिएको छैन ।’
उनले प्राकृतिक विपत्तिका विषयमा छलफल र चिन्ता गरिने तर त्यसको पूर्व तयारीको अभाव रहेको समेत बताए ।

प्रचण्ड गणतन्त्रको संस्थापक हुन्, गणतन्त्र ढल्न खोज्दा परेको पीरले बोलेको कुरालाई …

आगामी निर्वाचनमा एमालेको एकल बहुमत आउँछ : प्रधानमन्त्री ओली

राजदूत लम्सालद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत

‘बजेटले अर्थतन्त्रका देखिएका समस्यालाई सम्बोधन गर्ने प्रयास गरेको छ’

मोहम्मद आफताब आलमलाई मस्तिष्कघात, आइसीयूमा उपचार हुँदै

सभापति देउवाद्वारा नेता अधिकारीको निधनप्रति दुःख व्यक्त

विश्व शान्तिका लागि संस्कृति र सभ्यताबीच समझदारी आवश्यक : पूर्वराष्ट्रपति भण्डारी

प्रतिक्रिया