सरकारको नीति तथा कार्यक्रम निराशाजनक, कर्मकाण्डी र औचित्यहीनः सांसद यादव

काठमाडौँ- नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्र राय यादवले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम निराशाजनक र कर्मकाण्डी भएको बताएका छन् ।
बुधवार बसेको प्रतिनिधि सभाको बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उनले यस्तो बताएका हुन् । उनले नीति तथा कार्यक्रममा अलमल रहेको र यसको औचित्य नभएको समेत बताए ।
उनले विगतको सरकारले नीति तथा कार्यक्रममाथि छलफल गराउँदा नेपाली जनताको भावनालाई बुझेर गराउने गरे पनि वर्तमान सरकारले त्यसो गर्न नसकेको आरोप लगाए । उनले अहिलेको सरकारले ल्याएको नीति विभेदकारी भएको समेत टिप्पणी गरे ।
उनले विभिन्न आधारहरू तय गर्न नसक्दा समाजवादको यात्रालाई कसरी अगाडी बढाउन सकिन्छ ? भन्दै प्रश्न गरे । अध्यक्ष यादवले वर्तमान सरकार अप्राकृतिक र बिचौलियाको आधारमा बनेको आरोप दोहोर्याए ।
उनले भने, “यो नीति तथा कार्यक्रम निराशाजनक छ । यो अलमलमा छ । यो कर्मकाण्डी हो । यसको औचित्य छैन । विगतको सरकारले छलफल गराउँदा सम्पूर्ण नेपाली जनताको भावनालाई संघीय लोकतान्त्रिक गणतन्त्रको विधि र प्रक्रियाबाट गर्ने गरेको थियो । यो पालि सरकारले त्यसो गर्न सकेन । यो नीति विभेदकारी हो । विगतको सरकारले मानव सूचकाङ्कको आधारमा नीति तथा कार्यक्रम बनाउने र बजेटलाई विनियोजन गर्ने गरिएका थियो, यसपालि यो नीतिले सम्बोधन गरेको देखिँदैन । यी आधारहरू तय गर्न सकिएन भने समाजवादको यात्रालाई कसरी अगाडी बढाउन सकिन्छ ? मलाई लाग्छ, यो सरकार अप्राकृतिक छ । त्यति खेर दुई दलको सरकार बन्दा खेरी संविधानको धारा ७६ (२) अनुसार बनेको थियो, दुई दलको सरकार असफल भइसकेपछि दफा ३ को हिसाबले सरकार बन्नुपर्ने नेपाली कांग्रेसको अवस्था थियो । यो विचौलियाहरूको आधारमा सरकार बनेको हो ।”
उनले सरकारले ल्याएको नीति तथा कार्यक्रमले नागरिकमा उत्साह थप्न नसकेको टिप्पणी समेत गरे ।

प्रचण्ड गणतन्त्रको संस्थापक हुन्, गणतन्त्र ढल्न खोज्दा परेको पीरले बोलेको कुरालाई …

आगामी निर्वाचनमा एमालेको एकल बहुमत आउँछ : प्रधानमन्त्री ओली

राजदूत लम्सालद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत

‘बजेटले अर्थतन्त्रका देखिएका समस्यालाई सम्बोधन गर्ने प्रयास गरेको छ’

मोहम्मद आफताब आलमलाई मस्तिष्कघात, आइसीयूमा उपचार हुँदै

सभापति देउवाद्वारा नेता अधिकारीको निधनप्रति दुःख व्यक्त

विश्व शान्तिका लागि संस्कृति र सभ्यताबीच समझदारी आवश्यक : पूर्वराष्ट्रपति भण्डारी

प्रतिक्रिया