सुशासन र पारदर्शिता कार्यान्वयनमा प्रविधिको भूमिका महत्वपूर्ण : मन्त्री लामिछाने

काठमाडौँ- बागमती प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री सुरजचन्द्र लामिछानेले प्रविधिको विकासले सुशासन र पारदर्शिता कार्यान्वयनमा महत्वपूर्ण भुमिका खेलेको बताएका छन् ।
सूचना तथा सञ्चार प्रविधि दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले नयाँ नयाँ प्रविधिले मुलुकको सर्वाङ्गिण विकासमा सहयोग पुगिरहेको बताएका हुन् ।
प्रविधिको उच्चतम उपयोग गर्दै सूचना तथा सञ्चारको विकासका लागि निजी क्षेत्र, सरकार र नागरिक समाज एक भएर अघि बढ्नुपर्नेमा जोड दिए । डिजिटल बागमतीका लागि आधारभुत पूर्वाधारका रुपमा रहेको डेटा सेन्टर स्थापनाका लागि प्रदेश सरकारले सम्भाव्यता अध्ययनको काम गरिरहेको जानकारी दिए ।
प्रविधिको समुचित प्रयोग गर्दै डिजिटल बागमतीका लागि स्वास्थ्यमा टेलिमेडिसिन, यातायाततर्फ लाइसेन्स प्रिन्ट र इम्बोस्ड नम्बर अनिवार्य प्रयोगका विषय तथा सवारी अनुमति पत्र जाँचका लागि उपकरण हस्तान्तरण र अपराध नियन्त्रणका लागि डिजिटल ल्याबहरु निर्माणको काम भइरहेको उनको भनाइ थियो ।
उनले भने ‘डिजिटल बागमती निर्माणका लागि प्रदेश सरकारले बुझ्ने खालको बजेटका लागि नीति आयोगले बुझिदिएमा प्रविधिका क्षेत्रमा काम गर्न सहज हुनेछ । मन्त्रालयको कार्य जिम्मेवारीमध्ये डिजिटल विषयमा सरकारले लिएको सोच छ ।
सरकारले सोचेअनुसार बजेट नहुँदा काम गर्न डिजिटल बागमती बनाउन समस्या रहेको छ । डिजिटल बागमतीका लागि निजी क्षेत्रसँगै सरोकारवालाले अग्रसरता लिनुपर्छ । डिजिटल बागमती बनाउन र अपरिहार्य सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा लगानी गर्न आग्रह गर्दछु ।’
उनले प्रदेश सरकारले डिजिटल बागमती निर्माणका प्रदेश सरकार, सरोकारवाला निकाय र सञ्चार प्रविधि क्षेत्रमा कार्यरत संघसंस्थाको सुझाव आवश्यक रहेको उल्लेख गरे ।

श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ

मत्स्य केन्द्र कुलेखानीद्वारा ६ लाख १७ हजारको माछा बिक्री

१५ दिनमा २० जनामा डेङ्गु सङ्क्रमण
_0Q0VUv201A_kvt31x87ukqaspt0vuudke45gt9vmpatmrq9ftfj2i8m6kiog2bq3yjrovlf_AFNUDpsKj6_15if3eshn3xxhedwwlg1hta5ucdhylnbxyernldnltz7aqcrujv0uuzzmnww_A3DxqOYBXA_qydzohbuqx6qc3soelnfq5co1vrusc2sapiwh0wix5cuvjp9wu5xfatfdgue_rc0WBSrQ3y_bicqfkfdwtxyo171jxygaxdpb3agvkbbo5beapjhuxwgpi7boltnklxtt48i_KBqAHzumYr_bugauevmqxkps2npfc8nqhpwfag9j8yhyfieqfcbra38ilk0hsuaeztf4uk0_LzBVp1uRNc_y0gfidvev0ogaaklctwbfya2wxdxthsvcwslxpsxrrbfbrcuuwjei0f0y7sf_S23lRROGx6_rf8ps4icgym8zybnv16toukd6ofz89h6ykvgel4lxqwraxahhqigui6cnqix_8GOCRs5GZr_aoigsdnjbommt9zohyf9tr8tqj4x2angto5velsodgy5ul68qrlduafvpxiv.jpg)
विपद्जन्य घटनाबाट बागमती प्रदेश बढी प्रभावित

बागमतीका अधिकांश बहुवर्षीय योजना सम्पन्न

ट्राफिक कारबाहीः दुई करोड ४१ लाख राजस्व सङ्कलन

काँग्रेस बागमती प्रदेश संसदीय दलको नेतामा बानियाँ निर्वाचित

प्रतिक्रिया