वडाध्यक्ष राउतको 'फटाहा' टीप्पणीप्रति सामुदायिक वन उपभोक्ता महासंघको आपत्ति

काठमाडौँ- सामुदायिक वन उपभोक्ता महासंघ नेपाल चन्द्रनिगाहपुर रौतहटले चन्द्रपुर नगरपालिका- १ का वडाध्यक्ष बलराम राउतको टीप्पणीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
एक विज्ञप्ति जारी गर्दै सामुदायिक वन उपभोक्ता महासंघ नेपाल जिल्ला महासंघ रौतहटको सातौं जिल्ला परिषदमा जिल्ला महासंघका अध्यक्षले राखेको धारणामा वडाध्यक्ष राउतले 'फटाहा' भनि गरेको टीप्पणीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।
'सामुदायिक वन उपभोक्ता महासंघ नेपाल जिल्ला महासंघ रौतहटको मिती २०८२/०१ /२१ गतेका दिन भएको सातौं जिल्ला परिषदमा जिल्ला महासंघका अध्यक्षले सामुदायिक वन उपभोक्ता समुहहरूको हक, हित र अधिकारका बिषय र सामुदायिक वन क्षेत्रमा सामुदायिक वन उपभोक्ता समुहसँग छलफल नै नगरी वडा कार्यालयहरूको सिफारिस र समन्वयमा छुट्टै समिति गठन गरी विकास निर्माणका कामहरू गरिरहेको बिषयमा आफ्नो मन्तव्य राख्ने क्रममा फेसबुकमा लाइभ भिडियो प्रसारण गरिएकोमा उक्त भिडियोमा चन्द्रपुर नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष बलराम राउतले "फटाहा" भनी टिप्पणी गरेको विषयमा सामुदायिक वन उपभोक्ता महासंघको गम्भीर ध्यानाकर्षण भएको छ' विज्ञप्तिमा भनिएको छ ।
सामुदायिक वनलाई अविछिन्न, उतराधिकारवाला स्वशासित र संगठित संस्था हुने भन्ने कुरा र सामुदायिक वनमा कार्ययोजना बनाई पर्यापर्यटन र उद्यम सञ्चालन गर्न सकिने कुरा प्रष्ट रुपमा रहेको विज्ञप्तिमा उल्लेख छ ।
'प्रष्ट रूपमा कानुनमा लेखिएको हुँदाहुँदै पनि त्यसको बर्खिलाप हुने गरी चन्द्रपुर नगरपालिका अन्तर्गत वडा नं. १ को कार्यालयले बिना सहमति उपभोक्ता समिती गठन गरी सामुदायिक भवन, पर्यटनपार्क, मठ, मंन्दिर बाटो, शौचालय लगायतका संरचना निर्माण गर्ने कार्य गरेको' जारी विज्ञप्तिमा भनिएको छ 'सामुदायिक वन क्षेत्र बाट ढुड्डा गिट्टी, बालुवा ओसारपसार गर्न नपाईने कुरा कानुनमा प्रष्ट हुँदाहुँदै पनि सामुदायिक वन क्षेत्रका नदी, खोला खोल्सीहरूबाट स्थानीय सरकारका प्रतिनिधीमार्फत नै समुहका अध्यक्षहरूलाई कतै फकाउने, कतै समुहका अध्यक्षहरूलाई संस्थागत काममा अवरोध सृजना गर्ने, नमाने धम्क्याउने जस्ता कार्यगरी वन पैदावार र वन श्रोतको चरम दोहन र दुरुपयोग भएकोले वडाध्यक्षको उक्त टिप्पणी र उल्लेखित कार्यको घोर भर्त्सना गर्दछौँ ।'
महासंघले सामुदायिक वनका अध्यक्ष तथा आम उपभोक्ताहरूलाई अलीकति पनि विचलित नभई संरक्षणका कार्यमा लाग्न तथा गैरकानुनी काम भएको भए डटेर सामना गर्न अनुरोध गरेको छ ।
संघ, प्रदेश र स्थानीय सरकारसँग पनि कानुनले निषेध गरेका कार्यहरू बाहेक सबै कार्यमा सहकार्य गरी अगाडि बढने प्रतिवद्धतासहित स्थानीय सरकारका केही व्यक्तिहरूले ज्यादती र गैर कानुनी काममा समुदायिक वनहरूलाई सहयोग पुर्याउन डिभिजन वन कार्यालय रौतहट, ईलाका प्रशासन कार्यालय चन्द्रनिगाहापुर र गलत कामको निरन्तर खवरदारी गरी समुदायलाई सुसूचित गराई दिन महासंघले अनुरोध गरेको छ ।

भारत–पाकिस्तान युद्ध : नेपाल-भारत सीमा क्षेत्रमा उच्च सुरक्षा सतर्कता अपनाइँदै

जागिरको प्रलोभन दिएर भारत लैजान लागेको दुई युवती पक्राउ

४४३ बोतल अनरेक्स नामक लागूऔषधसहित दुई जना पक्राउ

प्रभावकारी बन्दै सुत्केरी तथा गर्भवती पोषण कार्यक्रम

जसपा बारा अध्यक्षमा रमेश यादव

मंगलवार मधेस प्रदेशमा सार्बजनिक बिदा
तेह्र वर्षमा पनि बनेन कमला पुल, ठेक्का तोड्ने तयारी

प्रतिक्रिया