जागिरको प्रलोभन दिएर भारत लैजान लागेको दुई युवती पक्राउ

वीरगञ्ज- राम्रो जागिरको प्रलोभन देखाई दुईजना नेपाली युवतीलाई भारत तर्फ लागिरहेका एकजना युवकलाई वीरगञ्जस्थित प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा धादिङ जिल्ला गल्छी गाउँपालिका वडा २ का बर्ष २४ का रोजन भुजेल रहेको पर्सा प्रहरी प्रमुख एसपी गौतम मिश्राले बताए ।
वीरगञ्ज शंकराचार्य गेटस्थित सडकखण्डमा प्रहरी चौकी ईनर्वाबाट खटिएको प्रहरी टोलीले मंगलवार नेपालबाट भारततर्फ जाँदै गरेका २ जना युवतीहरूलाई रोकी सोधपुछ गर्दा शंकास्पद देखिएकाले थियो ।
दुबै जना युवतीलाई जिल्ला प्रहरी कार्यालय वीरगञ्जमा ल्याई प्रारम्भिक अनुसन्धान गर्दा साथैमा रहेका भुजेलले हेटौडा तथा वीरगञ्जको कपडा कारखानामा राम्रो आम्दानी हुने काममा लगाईदिने भनि प्रलोभनमा पारी बेचबिखन गर्ने उद्देश्यले भारततर्फ लैजाँदै गरेको देखिन आएको एसपी मिश्राले बुधबार सार्वजनिक गरेका छन्।
आरोपी रोजन भुजेललाई नियन्त्रणमा लिइ थप अनुसन्धानको लागि मानव बेचबिखन तथा ओसार पसार (नियन्त्रण) ऐन, २०६४ बमोजिमको कसूरमा पर्सा जिल्ला अदालतबाट ५ दिनको म्याद लिइ थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डिएसपी किशोर लम्सालद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।

वीरगञ्ज नाका हुँदै भित्रिने चार पाङ्ग्रे सवारीसाधनको आयात घट्यो

हात्तीको आक्रमणबाट विष्टको मृत्यु

२०३८ सालदेखि चार पटक शिलान्यास गरेको राजविराज बसपार्क बल्ल सञ्चालनमा

मारवाडी प्रिमियर लिगको उपाधि वीरगञ्ज बासर्सलाई

बलात्कारको अभियोगमा दुई जना पक्राउ

जङ्गली हात्तीको आक्रमणमा एक जनाको मृत्यु

५३ लाख बढीमा बागवानीको आँप ठेक्कामा

प्रतिक्रिया