क्यान्सर औषधि आयातमा अनियमितता, लिबियामा मन्त्रीसहित पाँच जना पक्राउ

त्रिपोली- लिबियाका स्वास्थ्य मन्त्री रमदान बुजेनाह र चारजना वरिष्ठ अधिकारीहरूलाई इराकबाट क्यान्सर उपचारका औषधि आयातका क्रममा अनियमितता भएको आशङ्कामा पक्राउ गरिएको छ । त्रिपोलीस्थित राष्ट्रिय एकता सरकार (जीएनयु) अन्तर्गतका यी अधिकारीहरूलाई कानूनी, आर्थिक र प्राविधिक प्रक्रियाहरूको पालना नगरी औषधि आयात गरेको अभियोग लागेको हो ।
लिबियाको महान्यायाधिवक्ताको कार्यालयले जनाएअनुसार, औषधि खरिदका लागि आवश्यक सरकारी प्रक्रिया नअपनाई सार्वजनिक ठेक्कासम्बन्धी नियम उल्लङ्घन गरिएको छ । प्रारम्भिक अनुसन्धानपछि प्रधानमन्त्री अब्दुलहामिद डेबाइबहको कार्यालयले केही समयअघि मन्त्री बुजेनाहसहित चार अधिकारीलाई निलम्बन गरेका थिए । हाल मन्त्रालयका पूर्व उपसचिव मोहम्मद अल–घोज कार्यवाहक स्वास्थ्य मन्त्रीका रूपमा नियुक्त भएका छन् ।
क्यान्सर उपचारका लागि राज्य अनुदानित औषधिको पहुँच सीमित रहँदा र निजी उपचार महँगो हुँदा यो भ्रष्टाचारसम्बन्धी घटना प्रति जनतामा गम्भीर चिन्ता देखिएको छ । सार्वजनिक अस्पताल र विशेषज्ञ केन्द्रहरू प्रायः विदेशी कम्पनीहरूबाट आयातित औषधिमा निर्भर छन् ।
बुजेनाह सन् २०२२ को जनवरीमा मन्त्री नियुक्त हुनुभएका थिए, जब उहाँका पूर्ववर्ती अली जेनेटीलाई पनि यस्तै अनियमितता प्रकरणमा बर्खास्त गरिएको थियो । डेबाइबहको नेतृत्वमा यो चौथो पटक मन्त्रीहरू भ्रष्टाचार प्रकरणमा तानिएका हुन् । यसअघि शिक्षा मन्त्रीलाई पाठ्यपुस्तक अभावसम्बन्धी घोटालामा तीन वर्षको जेल सजाय सुनाइएको थियो भने २०२१ मा संस्कृति मन्त्रीसमेत भ्रष्टाचार आरोपमा निलम्बनमा परेका थिए ।
सरकारले सार्वजनिक स्रोतमा पारदर्शिता र जवाफदेहिताका लागि प्रतिबद्धता जनाउँदै यस्ता घटनाहरूको निष्पक्ष छानबिन जारी राख्ने बताएको छ । (एएफपी)
_0Q0VUv201A_kvt31x87ukqaspt0vuudke45gt9vmpatmrq9ftfj2i8m6kiog2bq3yjrovlf_AFNUDpsKj6_15if3eshn3xxhedwwlg1hta5ucdhylnbxyernldnltz7aqcrujv0uuzzmnww_Pp1UWUHp9U_9df5ueyzihcrdrykhrszylgselmuegphxckc4dyt1424wwp8t35yjxu4vkk9_mNQ9CKRDgt_xjlgsxmpal86vqt0dmztqp35uoj93oturukbebne9kosljnsr0cs1kyxpol8_RgfXNNTZ2C_iwmomuq12xtsmpno3nmwdoqmvisn99itebzyhwn33mafvpfsltxch322s9uf_7ClCSJfIcn_ezfoqjzzyklrnrdr18bwzvdaevlaz0bolmpgdmzjp5uam6km6czhowlxvsa4.jpg)
पाकिस्तानमा मनसुनी प्रकोपले मृत्यु हुनेको सङ्ख्या २१६ पुग्यो
चीनमा एक अर्ब १२ करोडभन्दा बढी इन्टरनेट प्रयोगकर्ता

तालिबान नियन्त्रणमा रहेका वृद्ध ब्रिटिश दम्पतीको उपचारका लागि संयुक्त राष्ट्रको …

ढाकामा लडाकु विमान दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या २० पुग्यो
भारतको उपराष्ट्रपति पदबाट जगदीप धनखरको राजीनामा

सिरियामा हिंसा भड्किँदा ९४० बढीको मृत्यु, स्थिति नियन्त्रणबाहिर

दक्षिण कोरियामा भारी वर्षाले १४ जनाको मृत्यु, १२ बेपत्ता
_pjm03x6aPm_bwqm9nghrzyn1ey4txktpedmqln52zsnczuu1b6uzquxvnrwocznchlljdi2_n3S9MNoAp1_3c1ydgnjtu2rwzxyouy4xx7k4ptr6y7bpeln2qap3yrx98etpqw5to74ozcg_qTrD5aL0HC_t7jzvzr6uohsyen1hahox2qwhz9qj5g41pilolujubo97t7szo1nud6bpgwa_yfxZTwJ6rE_rtoxazvnpdp5vvshqka2irfnzv0tpl33lbtumg4nlgsh3rbitt5ouxnis3p6_ZiH2GCjgnp_2ijetnagt8atwgdraikvywjgyksyoys7oxgh6tnweehdy8sdfmdkkjyzmcnr.jpg)
प्रतिक्रिया