बसको ठक्करबाट एकको मृत्यु, एक गम्भीर घाइते

नेपालगञ्ज- बाँकेमा यात्रुबाहक बसले मोटरसाइकललाई ठक्कर दिँदा बुधबार एक जनाको मृत्यु भएको छ ।
राप्तीसोनारी गाउँपालिका– १ कुसुमस्थित सौरीमा बसको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको घटनास्थलमा मृत्यु भएको र मोटरसाइकल चालक एक जना गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको भे ९ प ६४२८ नं को मोटरसाइकललाई सोही दिशातर्फ गइरहेको बा ०१–०६ ख ३५९३ नं को बसले ठक्कर दिँदा राप्ती सोनारी गाउँपालिका–९ ढकेरी निवासी ३२ वर्षीय सुदीप सुवेदीको घटनास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक दीपक पातलीले जानकारी दिए ।
सो दुर्घटनामा मोटरसाइकल चालक ढकेरीका ३७ वर्षीय हीरासिंह ओली गम्भीर घाइते भएको उनले बताए । घाइते ओलीलाई नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर पुर्याएर उपचार भइरहेको प्रहरीले जनाएको छ ।
उक्त घटनापछि करिब ढेड घण्टा पूर्व–पश्चिम राजमार्गको ढकेरी खण्ड अवरुद्ध भएको थियो । स्थानीयसँग क्षतिपूर्तिका विषयमा बिहीबार छलफल गरेर टुङ्गो लगाउने सहमति गरी शव परीक्षणका लागि भेरी अस्पताल नेपालगन्ज ल्याइएको छ ।

किसानलाई अनुदानमा धानको बीउ वितरण

माछा मारेर गर्जो टार्नेहरू समस्यामा

फोहोरबाट टायल, इन्टरलकलगायत सामग्री उत्पादन

‘फोहरबाट मोहर’ कमाउँदै स्नातक गरेका तीन दाजुभाइ

लुम्बिनीको नीति तथा कार्यक्रम : सन्तुलित तथा विशेषतायुक्त विकासमा प्राथमिकता

भूमिहीन भएको चार दशकपछि जग्गाधनी

हुलाकी सडकले सुगम बन्यो नरैनापुर

प्रतिक्रिया