चन्दा सङ्कलन गरेर विद्यालयलाई बस

इनरुवा (सुनसरी)- यहाँको भोक्राहा नरसिंह गाउँपालिका–४ मा रहेको जामिया इस्लामिया मदर्शालाई बस हस्तान्तरण गरिएको छ ।
बुधबार एक कार्यक्रमबीच विद्यालय प्रशासनलाई औपचारिक रूपमा बस हस्तान्तरण गरिएको गाउँपालिका–२ का वडाध्यक्ष आलम अंसारीले जानकारी दिए । स्थानीयवासीले चन्दा सङकलन गरी खरिद गरिएको बस विद्यालयलाई हस्तान्तरण गरिएको उनले बताए ।
गाउँपालिकाका अध्यक्ष अजमल अख्तर अजादले विद्यालयका प्रधानाध्यापक समिमअख्तर फलाहीलाई बसको साँचो हस्तान्तरण गरे । स्थानीयवासीले विद्यालयलाई चन्दा सङ्कलन गरेर बस हस्तान्तरण गरेकामा धन्यवाद दिँदै उनले शिक्षा यो प्रवर्द्धनतर्फको ऐतिहासिक कदम भएको धारणा राखे ।
“हामीले गाउँपालिकालाई शिक्षामैत्री बनाउने प्रतिबद्धता गरेका छौँ । सोहीअनुसार सरकारी तथा निजी क्षेत्रबीचको सहकार्यमार्फत शैक्षिक गुणस्तर अभिवृद्धिमा यस्ता कार्यक्रमलाई प्राथमिकतामा राखिएको छ”, अध्यक्ष आजादले भने ।
विद्यालयमा सवारीसाधन नहुँदा टाढाबाट आउने बालबालिकालाई समस्या हुँदै आएकामा अब केही राहत हुने विद्यालयका प्रधानाध्यापक फलाहीले बताए ।
“विद्यालयको आफ्नै सवारीसाधन नहुँदा टाढाबाट आउने विद्यार्थीले निजी, साथीसँगी वा सार्वजनिक सवारीको प्रयोग गरेर अध्ययनका लागि आउने गरेका थिए । अब केही राहत हुनेछ । यसका लागि सहयोग गर्ने सबैलाई धन्यवाद छ”, उनले खुसी हुँदै भने ।

ऐतिहासिक चण्डी बजारको संरक्षण
_pjm03x6aPm_bwqm9nghrzyn1ey4txktpedmqln52zsnczuu1b6uzquxvnrwocznchlljdi2_6PqttWXwFX_b1utr7hqiby80nkyv0dgm3mv0spt1qihzmlelscskwx4g3t1f6evkz8qvtnv_pmd6VlafD5_i91xdmvhfyacjfsjnzgozamcckxkltylasddqhqczq4qxhxdcnscuuahrcpn_t4WRZBdsO8_hl6voklmzcno8bwcagyy3gvhbnnajd4mxcpgaanxpbmprcedkqzd2wdysljo.jpg)
घरेलु विवाद हुँदा गोली प्रहार, अर्चनाको मृत्यु

सुनसरीमा पानी नपर्दा सुक्यो धानको ब्याड

ढिला अस्पताल लैजाँदा सुत्केरीको बाटोमै गयो ज्यान

दुई करोड ३० लाख लागतमा प्रशासनिक भवन निर्माण सकियो
_UwsmNTMtXu_cvfpczgougartzgwa0telwoajstscjdswvvmdzadvgsysaxjtffmzrfsco8f_6dm3zfkYHc_30v3hru7st1vji1m0wppnutswjbnuw7wuo73g4uo5xykhwjm3ilt4xqllvqk.jpg)
रिजाल धारा खानेपानी मुहान संरक्षणले नागरिकलाई सहज

प्रतिक्रिया