फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

काठमाडौँ- फ्रान्सको लिग खेलिरहेकी सावित्रा भण्डारी ‘साम्बा’ले ह्याट्रिक गरेकी छन् ।
साम्बाको ह्याट्रिकमा फ्रेन्च क्लब एन अभेन्ट गुइगाम्पले फ्रेन्च महिला लिगमा जित हासिल गरेको छ ।
बुधबार सम्पन्न खेलमा गुइगाम्पले सेन्ट एटिनलाई ३–२ गोलले पराजित गरेर सो जीत हासिल गरेको हो ।
खेलमा साम्बाले ५७औं, ८५औं र ९५औं मिनेटमा गोल गरेकी थिइन् । खेलमा सेन्ट एटिनले दुई पटकसम्म अग्रता बनाए पनि दुवै पटक साम्बाले गोल गर्दै गुइगाम्पलाई जिताएकी हुन् ।
यो जितपछि गुइगाम्पले २२ खेलमा ९ अंक जोडेको छ र अंक तालिकामा भने १२ औं स्थान अर्थात पुछारमा रहेर यो सिजनको अन्त्य गरेको छ ।

तेस्रो रुकुम कप भलिबलको उपाधि बौदीकालीलाई

नेपाल र हङ्कङबीचको खेल बराबरी

महिला फुटबल टोली प्रशिक्षकलाइ नियुक्ति पत्र हस्तान्तरण
महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

म्यानचेस्टर युनाइटेड ३-० को जितमा

प्रतिक्रिया