बिहीबार २५ बैशाख, २०८२
Thursday, May 08, 2025

माइतीघरमा लघुवित्त पीडितहरूको प्रदर्शन

काठमाडौँ- काठमाडौँमा लघुवित्त पीडितहरूले प्रदर्शन गरेका छन् ।

काठमाडौंका माईतीघर मण्डलामा लघुवित्त पीडितहरूले आज विभिन्न माग राखेर प्रदर्शन गरेका हुन् ।

सरकारसँग यसअघि भएको सम्झौता पूरा नभएको उनीहरूको आरोप छ । गत वर्ष सरकारसँग सम्झौता गरेर आन्दोलन टुंग्याएका पीडितहरू गत चैत १७ देखि पुनः आन्दोलनमा छन् ।