राजसंस्था र हिन्दुराष्ट्रको स्थापना गर्न अनिश्चितकालीन जनआन्दोलन घोषणा

काठमाडौं - राजावादीहरूले राजसंस्था पुनःस्थापनाका लागि अनिश्चितकालीन जनआन्दोलनको घोषणा गरेका छन् । राजावादीहरूले बिहीबार पत्रकार सम्मेलन गर्दै जेठ १५ गतेदेखि अनिश्चितकालीन जनआन्दोलन गर्ने घोषणा गरेका हुन् ।
राजावादीहरूले १४ बुँदे संयुक्त वक्तव्य जारी गर्दै अनिश्चितकालीन आन्दोलन घोषणा गरेको संयोजक नवराज सुवेदीले बताए। उनका अनुसार हिन्दु राष्ट्र र राजसंस्था स्थापना नभएसम्म आन्दोलन जारी रहनेछ। '२०८२ जेठ १५ देखि सुरु हुने यो आन्दोलन हिन्दु राष्ट्र र राजसंस्था स्थापना नभएसम्म टुंगिने छैन। आन्दोलनको विस्तृत कार्यक्रम उपयुक्त समयमा जानकारी गराइनेछ,' १४ बुँदे वक्तव्यमा भनिएको छ।
जेठ १५ गतेदेखि देशका विभिन्न स्थानमा जुलुस, धर्नालगतयका जनप्रदर्शन गरिने संयोजक सुवेदीको भनाइ छ। आन्दोलनमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, राप्रपा नेपालका अध्यक्ष कमल थापा र राजावादी घटकहरूको संयुक्त आयोजना रहने बताइएको छ।
राजावादी घटकहरूले परिवर्तनकारी शक्ति र विचार तथा परम्परागत शक्ति र विचारको बीचमा सामञ्जस्यता कायम गर्ने र सबै विचारधारा र शक्तिहरू अटाउने गरी संवैधानिक राजसंस्थासहितको प्रजातन्त्र स्थापना गर्ने विषयमा सहमति जनाएका छन्।
त्यस्तै सर्वधर्म समभाव र पूर्ण धार्मिक स्वतन्त्रतासहितको सनातन हिन्दु राष्ट्रको स्थापना र केन्द्रमा एउटा बलियो सरकार र स्थानीय तहमा शक्ति हस्तान्तरणको मान्यताअनुरुप अहिलेको भन्दा धेरै अधिकार सम्पन्न स्थानीय सरकार गरी दुई तहको सरकार स्थापना गर्ने सहमति जनाएका छन्।
त्यस्तै तीनकुने घटनामा पक्राउ परेका राप्रपा नेता रविन्द्र मिश्रलगायतहरूको तत्काल रिहाइ गर्न माग पनि गरिएको छ। राजावादीहरूले शान्तिपूर्ण आन्दोलन गर्ने र भद्र अवज्ञा र सत्याग्रह आन्दोलनको स्वरूप हुने जानकारी दिएको छ।

'कुलिङ अफ पिरियड'मा मरो संलग्नता भेटिए कारबाही भोग्न तयार छु : रामहरि खतिव…

‘कुलिङ पिरियड’ प्रकरण : माओवादीले माग्यो रामहरि खतिवडाको राजीनामा

एमालेले भन्यो- झुक्याएर ‘कुलिङ पिरियड’ राखिएको विधेयक स्वीकार्य छैन्

कुलिङ पिरियड घुसाएको बारे सूर्य थापा भन्छन्- क्षमायोग्य हुन सक्दैन

सांसदलाई झुक्काएर कुलिङ पिरियड घुसाउने रामहरि खतिवडाले राजीनामा दिनुपर्छ :…

निजामती विधेयकप्रति कोइरालाको असन्तुष्टि : देश र जनताप्रति घोर अपराध भयो

पाँचौँ ऊर्जामन्त्रीस्तरीय बैठकमा भाग लिएर ऊर्जामन्त्री स्वदेश फिर्ता

प्रतिक्रिया