रेशम चौधरीलाई नियत राखेर पक्राउ गरिएको होइन, कर्मचारीले बदमासी गरेका हुन्ः गृह मन्त्री लेखक

गृहमन्त्री रमेश लेखकले नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई नियत राखेर पक्राउ नगरिएको बताएका छन । चौधरी पक्राउ प्रकरणमा प्रतिनिधि सभाको बैठकमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिदैँ गृहमन्त्री लेखकले यसमा कुनै पुर्वाग्रह नभएको पनि जनाएका छन् ।
‘भविष्यमा यस्ता घटना नदोहोरिनको लागि सबैलाई सचेत र सजग बनाएको छ। यस घटनाले रेशम चौधरीलाई भएको पीडाप्रति दुख व्यक्त गर्न चाहन्छु,’ उनले भने ।
उनका अनुसार सर्वोच्च अदालतको शाखा अधिकृत महिमानसिंह बिष्टले अनधिकृत पत्र तयार पारेको कारणले चौधरीलाई पक्राउ गरिएको उल्लेख गर्दै सो कार्य गैरकानुनी भएको खुले पछि पुनः छाडिएको बताए । चौधरीलाई पक्राउ पुर्जी जारी गर्ने बिष्टलाई पक्राउ गरेर अनुसन्धान सुरू गरिएको तथ्यले पनि पुर्वाग्रह नभएको उनको प्रस्टोक्ती रहेको छ ।

उपराष्ट्रपति यादव युरोप दिवसमा सहभागी

डेडिकेटेड र ट्रङ्कलाइन विवाद छिनोफानो गर्ने जिम्मेवारी आयोगको हो : मन्त्री खड्का

‘अर्थतन्त्रलाई आत्मनिर्भर र समृद्ध बनाउन निजी क्षेत्रको भूमिका अतुलनीय’ : उद्योगम…

कार्यान्वयन योग्य योजनाको माग

लोकतान्त्रिक आन्दोलनका योद्धा डङ्गोलको निधनले पार्टीलाई अपूरणीय क्षतिः सभापति द…

राजसंस्था र हिन्दुराष्ट्रको स्थापना गर्न अनिश्चितकालीन जनआन्दोलन घोषणा

प्रतिक्रिया