कतारबाट वैवाहिक जबरजस्ती करणी मुद्दाका फरार अभियुक्त पक्राउ

काठमाडौं- वैवाहिक जबरजस्ती करणी मुद्दामा इन्टरपोलको रेड नोटिसमार्फत खोजीमा रहेका फरार अभियुक्त समसुदिन अंसारीलाई कतारबाट पक्राउ गरिएको छ ।
पर्सा जिल्ला वीरगंज महानगरपालिका–३१ बेलवाप्रसौनीका अंसारीलाई एनसीबी कतार दोहाको समन्वयमा कतारमा पक्राउ गरी बिहीबार नेपाल फर्काइएको हो । इन्टरपोलको महासचिवालयले नेपाल प्रहरीको अनुरोधमा २०२५ अप्रिल १ मा अंसारीविरुद्ध रेड नोटिस जारी गरेको थियो ।
उनलाई सम्बन्धित मुद्दामा कारबाही अघि बढाउन जिल्ला प्रहरी कार्यालय पर्सा पठाइएको इन्टरपोल शाखा, नेपाल प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
अंसारी वैवाहिक जबरजस्ती करणी कसूरमा संलग्न रहेको आरोपमा लामो समयदेखि फरार थिए । उनलाई अन्तर्राष्ट्रियस्तरमा खोजी गर्न इन्टरपोलमार्फत प्रक्रिया अघि बढाइएको थियो ।

२१ वटा सामाजिक सञ्जालका एकाउन्टबाट ठगी गर्ने ७ जना पक्राउ

गणितको जादु : ‘अनम्याथ म्याथ टक’ कार्यक्रम हुने

सिड्स फर द फ्युचर, २०२५’को आवेदन खुला, उत्कृष्ट विद्यार्थी चिनमा हुने कार्यक्रमम…

वि. पी. स्मृति अस्पतालको फोहर रोक्का गरेर जरिवानाको पत्र : हानीकारक फोहर व्यव…

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ

जगद्गुरु शंकराचार्य श्री विदुशेखर भारती महास्वामीजीको नेपाल आउँदै

माइतीघरमा लघुवित्त पीडितहरूको प्रदर्शन

प्रतिक्रिया