गृहमन्त्री लेखकसँग भाजपा नेता कोश्यारीको शिष्टाचार भेट

काठमाडौँ- गृहमन्त्री रमेश लेखकसँग भारतीय जनता पार्टीका वरिष्ठ नेता भगतसिंह कोश्यारीले शिष्टाचार भेट गरेका छन् । भैँसीपाटीस्थित मन्त्री निवास पुगेर बिहीबार नेता कोश्यारीले मन्त्री लेखकसँग भेट गरेका हुन् ।
सो अवसरमा भेटमा गृहमन्त्री लेखकले भारतको जम्मु–कश्मिरमा भएको आतङ्कवादी आक्रमणको निन्दा गर्दै नेपाल सरकार आतङ्कवादी हमलाविरूद्ध रहेको स्पष्ट पारे ।
मन्त्री लेखकले छिमेकी देशहरूविरूद्ध आफ्नो भूमि प्रयोग गर्न नदिने प्रतिबद्धता व्यक्त गरे । नेपाल–भारतबीच रहिआएको सदियौँदेखिको मित्रवत सम्बन्ध थप सुदृढ गर्दै लैजाने विषयमा भारतीय जनता पार्टीका वरिष्ठ नेता कोश्यारीसित छलफल भएको उनले जानकारी दिए ।
सो अवसरमा भारतीय नेता कोश्यारीले नेपाल र भारतबीच सदियौँदेखि रहिआएको सम्बन्ध थप सुदृढ गर्दै लैजानुपर्नेमा जोड दिएका थिए ।

सगरमाथा संवादको अन्तिम तयारीमा छौँ : परराष्ट्रमन्त्री राणा

पाकिस्तानमा अध्ययनरत नेपाली विद्यार्थीबारे के भन्छ परराष्ट्र मन्त्रालय ?

विद्युत् प्राधिकरणको डिडिए गराउँछौँः मन्त्री खड्का

नीति तथा कार्यक्रम माथिको छलफल कर्मकाण्डी : कार्यवाहक सभापति अर्याल

राजावादीप्रति गोकुल बास्कोटाको कटाक्षः तासका बुकका राजा–रानी खोजेर जिन्दगी ग…

राजेन्द्र लिङ्देनको प्रस्ताव : प्रदेश संरचना खारेज गरी सबै अटाउने मौलिक व्यवस्थ…

नीति तथा कार्यक्रममाथिको छलफल, समयको बर्बादीः सांसद शर्मा
_Uu8QtcRUq5_c5daxua7u2lthwakquzw3byjzu0mmnnuolmwi1wxj5eobtgmwpookpmewejd_UBY5yXqjXt_e8uizvb0vxtbdku2mxud3c14o623nlsltnmgosybxfr09c2cf9k2e5wej8bz.jpg)
प्रतिक्रिया