नेपाली महिला क्रिकेटले आज हङकङबिरूद्ध खेल खेल्दै

काठमाडौँ- नेपाली महिला क्रिकेट टोलीले आज हङकङबिरूद्ध पहिलो खेल खेल्दैछ ।
आइसिसी ट्वान्टी-२० महिला विश्वकप एसिया छनोटका लागि नेपालले आज हङकङबिरूद्ध पहिलो खेल खेल्न लागेको हो ।
भारतको नयाँ दिल्लीमा अभ्यास खेल खेलेर सीधै विश्वकप छनोटका लागि थाइल्यान्ड पुगेको टोलीले आज बिहान ८:१५ बजे हङकङसँग पहिलो खेल खेल्दैछ।
विश्वकप छनोट मे ९ देखि २० सम्म हुँदैछ । नेपाल रहेको समूह ‘सी’ मा बहराइन र हङकङ छन् । दोस्रो खेल भोलि बहराइनसँग खेल्नेछ ।
नेपाली टोली
इन्दु बर्मा (कप्तान), रुविना क्षेत्री, कविता कुँवर, विन्दु रावल, पूजा महतो ९उपकप्तान०, रोमा थापा, रुवि पोदार, सबनम राई, कविता जोशी, ईश्वरी विष्ट, सम्झना खड्का, मनिषा उपाध्याय, राजमति ऐरी, रिया शर्मा

नयाँ वरीयतामा पनि नेपाल १७ औं स्थानमा यथावतै, श्रीलंका र वेष्ट इन्डिज खस्के

त्रिवि क्रिकेट मैदानमा कुर्सी जडान सुरु

नेपाललाई यू-१६ इस्ट जोन कपको उपाधि

एन्फा यु-१६ असार २० बाट सुरु

एसिसी पुरुष यु–१६ पूर्वी क्षेत्रीय क्रिकेटः नेपालले भुटानलाई २९८ रनको फराकिल…

म्याग्दी भलिबल कप : आयोजकलाई हराउँदै स्याङ्जा विजयी

द्वारिकादेवी ठकुरानी महिला क्रिकेट बिहीबारदेखि

प्रतिक्रिया