इरानलाई हमासको अवस्थामा पुर्याउने इजरायलको चेतावनी

जेरुसेलम- इरान समर्थित हुथी विद्रोहीले बेन गुरियन विमानस्थलमा गरेको आक्रमणको केही दिनपछि इजरायली रक्षामन्त्री काट्जले इरानलाई पनि हमासको अवस्थामा पुर्याउने चेतावनी दिएका छन् ।
“म इरानी नेताहरूलाई चेतावनी दिन चाहन्छु, अब छद्म प्रणाली समाप्त भएको र दुष्टताको धुरी ध्यस्त भएको छ इजरायलले हतियार बनाउने, शोषण गर्ने र हुथी आतङ्कवादी सङ्गठनलाई आर्थिक सहयोग गर्ने जो कोहीविरूद्ध कारबाहीमा उत्रनेछ,” काट्जले एक विज्ञप्तिमा भने ।
उनले भने, “तपाईंहरू प्रत्यक्ष रूपमा जिम्मेवार हुनुहुन्छ । बेरुतको हिजबुल्लाह, गाजाको हमास, दमास्कसमा अहिले अपदस्थ सिरियाली राष्ट्रपति बशर अल असदलाई हामीले जे गरेका छौँ, तेहरानमा पनि त्यस्तै हुनेछ ।”
हिजबुल्लाह र हमाससँगै यमनका हुथी विद्रोहीहरू इजरायल र उसको सहयोगी संयुक्त राज्य अमेरिकाविरुद्ध इरानको ‘प्रतिरोधको धुरी’ को हिस्सा हुन्। हिजबुल्लाहले सन् २०२३ को अक्टोबरमा आफ्नो सहयोगी हमासको समर्थनमा आक्रमण सुरु गरेको थियो ।
नोभेम्बरमा भएको युद्धविरामसँगै समाप्त भएको शत्रुताको एक वर्षमा इजरायली सेनाले हिजबुल्लाहलाई छियाछिया बनाइदिएको छभने हमासको नेतृत्व अक्टोबर ७ मा भएको आक्रमणबाट सुरु भएको युद्धमा ध्वस्त भएको छ ।
हुथी विद्रोहीहरूले गाजामा प्यालेस्टिनीहरूको समर्थनमा इजरायलविरुद्ध अभियान सञ्चालन गर्ने क्रममा आइतबार तेल अभिभ नजिकै इजरायलको मुख्य विमानस्थलमा आक्रमण गरेका थिए ।
इरानले हुथी विद्रोहीको आक्रमणमा सहयोग गरेको अस्वीकार गर्दै आएको छ ।
इजरायलले विद्रोहीको नियन्त्रणमा रहेको राजधानी सानाको विमानस्थल र राजधानी र वरपरका विद्युत गृहमा आक्रमण गरेर हुथी विद्रोहीविरुद्ध आक्रमण गरेको थियो ।
अमेरिका र हुथी विद्रोहीबीच युद्धविराम सम्झौता गराउन पहल लिएको मध्यस्थ ओमानले मङ्गलबार सम्झौताको घोषणा गर्दै सम्झौताले रेड सीमा ‘आवागमनको स्वतन्त्रता’ सुनिश्चित गर्ने बताएको छ । यमनी विद्रोही समूह हुथीले गाजामा हमासमाथिको इजरायली आक्रमणविरूद्ध सहयोग गर्न रेड सी क्षेत्रमा पानीजहाजमा आक्रमण गर्दै आएको छ ।
हुथी विद्रोहीले यमनमा हप्तौँदेखि जारी अमेरिकी आक्रमणको अन्त्य भएको सम्झौताका बावजुद रेड सीमा इजरायल र इजरायल समर्थक मुलुकका जहाजलाई निशाना बनाउने प्रतिबद्धता जनाएको छ । (एएफपी)

चिनिया बिदेश मन्त्रीले भनेः चीन इरानकाे समर्थनमा उभिन्छ

युद्दमा १३८ इरानीको मृत्यु, इजरायलको ३ लडाकु विमान ध्वस्त
इरानमा सैन्य दुस्साहस रोक्न इजरायललाई चीनको आग्रह
इरानद्वारा इजरायलमा जवाफी आक्रमण
_0Q0VUv201A_kvt31x87ukqaspt0vuudke45gt9vmpatmrq9ftfj2i8m6kiog2bq3yjrovlf_AFNUDpsKj6_15if3eshn3xxhedwwlg1hta5ucdhylnbxyernldnltz7aqcrujv0uuzzmnww_E4YDghGNKZ_lz0g6oxluiebhiz3w1gswqt3sbjmbiuai7g2gr5w3sxatlb8qkfbllgp0moy_CBdY5aGYuT_nu6aezqcnskef2fs9fovt8q1ob3mpsp1fd0tzwqiwccmg8zjwqpq8joiiyqx.jpg)
टेक्सासमा बाढीले १० जनाको मृत्यु

बंगलादेशमा फ्रेबुअरीमा निर्वाचन गराउने युनुसको घोषणा

पाकिस्तानी सेना प्रमुखलाई ट्रम्पको बिशेष सम्मान, बोलाए अमेरिका

प्रतिक्रिया