गणेश थापाका छोरा भन्छन्- अदालतको आदेश देखाउँदा पनि बुवालाई प्रवेश गर्न दिएनन्

काठमाडौँ- अखिल नेपाल फुटबल संघ (एन्फा)ले पुर्व अध्यक्ष गणेश थापामाथि रोक लगाएको छ।
काभ्रेको धुलिखेलमा सुरू हुन लागेको एन्फाको साधारण सभामा सहभागी हुन लागेका थापालाई रोक लगाइएको हो ।
‘बुवा यही धुलिखेलमा हुनुहुन्छ, भित्र प्रवेश गर्न दिइएको छैन, ’ उनका छोरा अभिषेक थापाले भने, ‘अदालतको आदेश देखाउँदा पनि प्रवेश गर्न दिइएको छैन ।’
थापा आफ्ना समर्थकसहित धुलिखेलको साधारणसभामा भाग लिन पुगेका छन् । उनका अनुसार भित्र प्रवेश नदिएपछि पुर्व अध्यक्ष थापा सभास्थल बाहिर बसेका छन् ।
फिफाको १० वर्षे प्रतिबन्ध फुकुवा भएपछि उनी पहिलो पटक एन्फाको साधारणसभामा सहभागी हुन लागेका हुन् । उच्च अदालत पाटनको आदेश बोकेर जाँदा पनि एन्फा पदाधिकारीले उनलाई प्रवेश गर्न नदिएपछि धुलिखेलको माहौंल यतिखेर गर्मागर्मी भएको छ ।
र, यो पनि

एन्फा यु-१६ असार २० बाट सुरु

एसिसी पुरुष यु–१६ पूर्वी क्षेत्रीय क्रिकेटः नेपालले भुटानलाई २९८ रनको फराकिल…

म्याग्दी भलिबल कप : आयोजकलाई हराउँदै स्याङ्जा विजयी

द्वारिकादेवी ठकुरानी महिला क्रिकेट बिहीबारदेखि

सन्दीपको टिमलाई ब्रिज कपको उपाधि

सिरिजको अन्तिम खेलमा स्कटल्याण्डसँग नेपाल पराजित

प्रतिक्रिया