फेकनको सदस्यमा निराजन सिवाकोटीको उम्मेदवारी, भन्छन्- सेवा गर्ने अवसर दिनेमा ढुक्क छु

काठमाडौँ- स्वतन्त्र शैक्षिक परामर्श संघ नेपाल (फेकन)को निर्वाचन शनिबार हुँदैछ । शनिबार हुने फेकनको निर्वाचनमा कार्यकारी सदस्य पदमा निराजन सिवाकोटीले उम्मेदवारी दिएका छन् । बिहीबार फेकनको कार्यकारी सदस्य पदमा सिवाकोटीले मनोनयन दर्ता गरेका छन् ।
मनोनयन दर्ता गरेसँगै सिवाकोटीले व्यावसायिक चुनौतीहरूको समाधानका लागि नीतिगत तहमा सक्रिय रहने प्रतिबद्धता व्यक्त गरेका छन् । 'सदस्यहरूको सहभागिता र सुझावलाई प्राथमिकता दिने, अन्तर्राष्ट्रिय शिक्षा बजारमा नेपाली कन्सल्टेन्सीहरूको पहुँच विस्तार गर्ने योजनामा छु' सिवाकोटीले भने ।
संस्थाको दिगो विकास र सदस्यहरूको सशक्तीकरणका लागि उम्मेदवारी दिएको उनको भनाई छ । 'नेतृत्वलाई पारदर्शिता, नैतिकता र सहकार्यमा आधारित राख्दै संस्थालाई थप मजबुत बनाउँछौँ' उनले भने 'विदेशी विद्यार्थीहरूलाई नेपालको शैक्षिक प्रणालीतर्फ आकर्षित गर्न एक्सचेन्ज प्रोग्राममार्फत विदेशी विश्वविद्यालयहरूसँग सहकार्य गर्ने र नेपालमा अध्ययनका अवसरहरू सिर्जना गर्ने दीर्घकालीन उद्देश्य छ ।'
लामो समयदेखि शैक्षिक परामर्श व्यवसायमा क्रियाशील उनले निर्वाचनमा आफूलाई जिताएर सेवा गर्ने अवसर दिनेमा ढुक्क रहेको बताए ।

बाल्टीको पानीमा डुबेर शिशुको मृत्यु

रकम हिनामिना कसुरमा एक जना पक्राउ

रक्तसञ्चार गुणस्तरका मापदण्ड पालना गरेका छौँ : रेडक्रस सोसाइटी

विद्यार्थीका सृजनाले उनीहरूलाई उत्प्रेरित गरेको छ : उपप्रमुख डङ्गोल

कार्यक्रम ‘ऐना’को दोस्रो संस्करण आजदेखि प्रसारण हुने

लामिछानेको पक्षमा हस्ताक्षर गर्ने ट्राफिक प्रहरी प्रधान कार्यालय तानिए

कहाँ-कहाँ छ भारी वर्षाको सम्भावना ?

प्रतिक्रिया