राप्रपा प्रवक्ता श्रेष्ठको प्रश्न : रविन्द्र थुनिने, मन्त्री प्रकाशमानकी दिदी पक्राउ पनि नपर्ने किन ?

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता मोहनकुमार श्रेष्ठले उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहकी दिदीलाई पक्राउ नगरेकोमा आपत्ति जनाएका छन् ।
तीनकुने घटनामा राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रलाई मुद्दा नचलाई ४३ दिनसम्म थुनेको तर मुद्दा चलाइएको उपप्रधानमन्त्री श्रेष्ठकी दिदी रिता सिंहलाई भने प्रकाउसमेत नगरेपछि उनले आक्रोश ब्यक्त गरेका हुन् ।
‘उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहको काठमाडौँ- १ का चुनावी प्रतिस्पर्धी राप्रपा वरिष्ठ उपाध्यक्ष रविन्द्न मिश्र ४३ दिनदेखि नाजायज रुपमा प्रहरी हिरासतमा हुनुहुन्छ, उता सिंहकी दिदी रिता सिंह वैद्यविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको छ,’ उनले प्रश्न गरे, ‘बाल संगठनको जग्गा भाडामा अनियमिताको आरोपमा वैद्यलाई विशेष अदालतमा मुद्दा चलाइएको छ। तर वैद्यलाई पक्राउसम्म गरिएको छैन ।’
मिश्र पक्राउ पर्ने तर मुद्दा लागेकी सिंह भने फुक्कावाल भएर हिडने भए पछि प्रवक्ता श्रेष्ठले आक्रोश ब्यक्त गरेका हुन् । ‘फरार अभियुक्तका रुपमा उनीविरुद्ध मुद्दा चलाइएको हो, कतिसम्म भने उपप्रधानमन्त्री सिंहको दिदी भएकै कारण प्रहरीले उनलाई पक्राउ गर्न त कता हो कता बयानसम्म लिन बोलाएन, जबकी वैद्यमाथि लागेको आरोप झन् गम्भीर छ,’ उनले भने ।
‘जगजाहेर छ, मिश्रमाथि सत्ता र व्यवस्थाद्वारा प्रतिशोध साँधिएकै हो, प्रतिशोधको राजनीतिले कोही कसैको हित गर्दैन। इमान भएको बलियो सरकार बनेको दिन यदि यस्तै प्रतिशोध राख्ने हो भने ०४६ पछिका र ०६३ पछिका कुन दलका कुन नेता चोखा रहलान् ? कुन संस्थाका कुन अगुवा जोगिएलान् ? न्याय सबैलाई बराबर होस्’ उनले भने ।
उनले मिश्रलाई थुनेर मिश्रले बोकेको विचार थुन्न नसकिने भन्दै बिना शर्त रिहा गर्न माग गरेका छन् ।

चाक्सीबारीमा कांग्रेस संस्थापन पक्षका शिर्ष नेताको चियापान

पार्टीमा अहिलेसम्म १ लाख ३९ हजार नयाँ सदस्य थपिएका छन्ः एमाले

पार्टीमा मतभेद नभएकाले एकताबद्ध भएर अगाडि बढ्न अध्यक्ष ओलीको निर्देशन

एमाले केन्द्रीय समिति बैठक बस्दै, भण्डारीको राजनीतिक सक्रियताबारे छलफल हुने

प्रधानमन्त्री ओली भारत भ्रमण जाँदै, तयारीमा जुट्यो परराष्ट्र

खानेपानीमन्त्री यादवद्वारा राति छड्के अनुगमन तथा निरीक्षण

एमालेको केन्द्रीय कमिटी बैठक बस्दै

प्रतिक्रिया