एन्फा साधारणसभामा गणेश थापामाथि रोक लगाएपछि प्ले कार्ड बाेकेर प्रदर्शन (भिडियो)

काभ्रे- अखिल नेपाल फुटबल संघ (एन्फा)ले पूर्वअध्यक्ष गणेश थापामाथि रोक लगाएपछि प्ले कार्ड बोकेर प्रदर्शन गरेका छन् ।
धुलिखेलमा सुरू भएको एन्फाको साधारण सभामा सहभागी हुन लागेका थापालाई रोक लगाइएपछि प्लेकार्ड प्रदर्शन गरिएको हो ।
‘बुवा यही धुलिखेलमा हुनुहुन्छ, भित्र प्रवेश गर्न दिइएको छैन, ’ उनका छोरा अभिषेक थापाले भने, ‘अदालतको आदेश देखाउँदा पनि प्रवेश गर्न दिइएको छैन ।’
थापा आफ्ना समर्थकसहित धुलिखेलको साधारणसभामा भाग लिन पुगेका छन् । उनका अनुसार भित्र प्रवेश नदिएपछि पुर्व अध्यक्ष थापा सभास्थल बाहिर बसेका छन् ।
फिफाको १० वर्षे प्रतिबन्ध फुकुवा भएपछि उनी पहिलो पटक एन्फाको साधारणसभामा सहभागी हुन लागेका हुन् । उच्च अदालत पाटनको आदेश बोकेर जाँदा पनि एन्फा पदाधिकारीले उनलाई प्रवेश गर्न नदिएपछि धुलिखेलको माहौंल यतिखेर गर्मागर्मी भएको छ ।

असियन अल स्टार्ससँग म्यानचेस्टर युनाइटेड पराजित

जियो हटस्टारले किन्यो भारत-इंग्ल्याण्ड सिरिजको डिजिटल अधिकार

राष्ट्रिय कुराँस प्रतियोगिता जेठ १६ मा

प्रथम कञ्चनजंघा क्रिकेट प्रतियोगिता : पथरीशनिश्चरे र दमक विजयी

लिभरपुलको विजय यात्राको भिडमा कार कुदाइयो, ४७ जना समर्थक घाइते

अब पाँच चौकाले बनाउनेछ कोहलीलाई १२०० चौका हान्ने पहिलो एसियन क्रिकेटर

शुभमन गिल भारतीय टेस्ट टिमको नयाँ कप्तान

प्रतिक्रिया