स्वर्णिम वाग्लेको प्रश्न : दक्षिण एशियाली सपना कोमामा छ, ब्यूँताउने हो कि मर्न दिने ?

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा. स्वर्णिम वाग्लेले शान्ति र समृद्धिको लागि गहिरो अन्तरसम्बन्धको दक्षिण एसियाली सपना कोमामा रहेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।
शुक्रवार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले सरकारको ध्यानाकर्षण गराएका हुन् । उनले काठमाडौंमा भएको पछिल्लो १८ औँ सार्क शिखर सम्मेलनको १० वर्ष नाघिसकेको बताउँदै सो बेला आफूले प्रश्ताव गर्ने मौका पाएको स्मरण गरे ।
उनले शान्ति र समृद्धिको लागि गहिरो अन्तरसम्बन्धको दक्षिण एशियाली सपना कोमामा रहेको बताउँदै त्यसलाई कोमामै राख्ने, मर्न दिने वा ब्युँताउने भन्नेमा निक्र्यौल गर्नुपर्ने बताए । उनले तनहुँमा जन्मनुभएका सरदार यदुनाथ खनालले नेपाल चीन सीमामा रहेका १८ वटा भारतीय सैनिक चेक पोस्टलाई वार्ताबाट नै हटाउन सफल हुनुभएको स्मरण गर्दै अहिलेको सरकारबाट उक्त अपेक्षा नरहेको बताउनु भयो । उहाँले श्वेत पत्र आउने अपेक्षा पनि नरहेको बताउँदै माग भने गर्न चाहेको जिकिर गरे ।
उनले भने, “पछिल्लो १८ औँ सार्क शिखर सम्मेलन यही काठमाडौंमा भएको थियो । १० वर्ष नाघिसक्यो । त्यतिखेर कुन थिम राख्ने भन्दा मैले नै प्रस्ताव गर्ने सौभाग्य पाएको थिए । शान्ति र समृद्धिको लागि गहिरो अन्तरसम्बन्धको त्यो दक्षिण एशियाली सपना आज कोमामा छ । कोमामै राख्ने हो कि, यसलाई मर्न दिने हो कि । यसलाई ब्युँताउने हो, यसबारे हामीले निक्र्यौल गर्नुपर्ने छ । तनहुँमा जन्मनुभएका सरदार यदुनाथ खनालले नेपाल चीन सीमामा रहेका १८ वटा भारतीय सैनिक चेक पोस्टलाई वार्ताबाट नै हटाउन सफल हुनुभएको थियो । भारतसँग सम्बन्ध नबिगारीकन । त्यसको लागि गहिरो अध्ययन, उच्च नैतिकता र फराकिलो अनुभव चाहिने थियो । त्यस्तो अपेक्षा अहिलेको नेतृत्वबाट छैन । एउटा श्वेत पत्र आहोस् भन्ने अपेक्षा पनि छैन । तर माग भने म गर्न चाहन्छु ।”
उनले अहिलेको सरकार र नेतृत्वबाट राम्रो कुराको आश र अपेक्षा गर्न नसकिने टिप्पणी गरे ।

सगरमाथा संवादको अन्तिम तयारीमा छौँ : परराष्ट्रमन्त्री राणा

पाकिस्तानमा अध्ययनरत नेपाली विद्यार्थीबारे के भन्छ परराष्ट्र मन्त्रालय ?

विद्युत् प्राधिकरणको डिडिए गराउँछौँः मन्त्री खड्का

नीति तथा कार्यक्रम माथिको छलफल कर्मकाण्डी : कार्यवाहक सभापति अर्याल

राजावादीप्रति गोकुल बास्कोटाको कटाक्षः तासका बुकका राजा–रानी खोजेर जिन्दगी ग…

राजेन्द्र लिङ्देनको प्रस्ताव : प्रदेश संरचना खारेज गरी सबै अटाउने मौलिक व्यवस्थ…

नीति तथा कार्यक्रममाथिको छलफल, समयको बर्बादीः सांसद शर्मा
_Uu8QtcRUq5_c5daxua7u2lthwakquzw3byjzu0mmnnuolmwi1wxj5eobtgmwpookpmewejd_LtJQWnNQls_mc48jvyr0rzyzzlocsh0rvnfmfhp0u1omagszxb0dmkmqvtdkvzasmflznzy.jpg)
प्रतिक्रिया