नीति तथा कार्यक्रममाथिको छलफल, समयको बर्बादीः सांसद शर्मा

काठमाडौँ- नेकपा (माओवादी केन्द्र) की सांसद रेखा शर्माले नीति तथा कार्यक्रममाथिको छलफल समयको बरबादी भएको बताएकी छन् ।
शुक्रवार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यस्तो बताएकी हुन् । उनले नीति तथा कार्यक्रम कर्मचारी रहेको टिप्पणी गरिन् । उनले नीति तथा कार्यक्रम परम्परा धान्न आएको बताउँदै त्यसमा कमा र फुल स्टप पनि परिवर्तन नहुने बताइन् ।
उनले सांसदहरूका सुझावलाई सरकारले बेवास्ता गर्ने गरेको भन्दै नीति तथा कार्यक्रमको छलफल र बजेटका प्रक्रियाहरूलाई बदल्न जरुरी रहेको आवश्यकता औँल्याउनु भयो । सांसद शर्माले सांसदका बहस र छलफललाई समयको बरबाद गर्ने र उनीहरूको बोली संसद र जनतालाई सुनाउने मात्र नबनाउन सरकारलाई आग्रह गरिन् । उनले सरकारले लोकतन्त्रको विधि अनुशरण गर्न अप्ठ्यारो र असहजता मानिरहेको समेत बताइन् ।
उनले भनिन्, “मलाई अनौठो लागिरहेको छ, लोकतान्त्रिक व्यवस्थामा स्थापना भएको सरकारले लोकतन्त्रको विधि अनुसरण गर्न किन अप्ठ्यारो मानिरहेको छ । किन यसमा यति धेरै असहजता महशुस भइरहेको छ । यसमा मलाई अनौठो लागेको छ, त्यसैले बाध्य भएर के भन्न बाध्य छौँ भने यो नीति तथा कार्यक्रम कर्मकाण्डी छ, यो नीति तथा कार्यक्रम परम्परा धान्न आएको छ, यसमा कमा र फुल स्टप पनि परिवर्तन हुनेछैनन् । हामीले समयको बरबाद मात्र गरिरहेका छौँ । त्यस कारण यस्तो खालको नीति तथा कार्यक्रम र यस्तो खालका बजेटका प्रक्रियाहरूलाई बदल्न जरुरी छ । यसतर्फ सरकारले सोचोँस । सांसदका बहस र छलफललाई समयको बरबाद गर्ने र उनीहरूको बोली संसद् र बाहिर जनतालाई सुनाउने मात्र नबनाइयोस् ।”
उनले सरकारले ल्याएको नीति तथा कार्यक्रमले नागरिकको आस र अपेक्षालाई पूरा गर्न नसक्ने बताइन् ।

कमल थापासहित ६ जना राजावादी पक्राउ, राखियाे भद्रकालीमा

कमल थापा पक्राउ

रूसी कम्युनिष्ट पार्टीका महासचिवलाई नेपाल भ्रमणको निम्तो

प्रचण्ड गणतन्त्रको संस्थापक हुन्, गणतन्त्र ढल्न खोज्दा परेको पीरले बोलेको कुरालाई …

आगामी निर्वाचनमा एमालेको एकल बहुमत आउँछ : प्रधानमन्त्री ओली

राजदूत लम्सालद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत

‘बजेटले अर्थतन्त्रका देखिएका समस्यालाई सम्बोधन गर्ने प्रयास गरेको छ’

प्रतिक्रिया