ट्रायम्फ नेपालले गर्यो बुटवलमा आधिकारिक सोरुमको शुभारम्भ
_SV1nQtqBgg_kgfbqjmx8kfuowoqclaogyulessyaoswbg4jlewsgexg9sdlnkezxwg57tfw_4M5bRoMa2R_jzprdg7qp5tmyb5ggghxlrt1oo6uonp2lyvl7gm2v9tbab3dhwtuecc3gsuk.png)
बुटवल– विश्वप्रसिद्ध मोटरसाइकल ब्रान्ड ट्रायम्फले आज बुटवलमा नयाँ सोरुमको औपचारिक उद्घाटन गरेको छ। यस सोरुमको आधिकारिक डिलरको रूपमा बस्याल अटोकोर्प नियुक्त भएको छ।
उद्घाटनको पहिलो दिनमै १५ वटा मोटरसाइकल डेलिभरी भएसँगै स्थानीय ग्राहकको अत्यधिक उत्साह झल्किएको छ।
बस्याल अटोकोर्पका आकर्षक बस्यालले स्थानीय ग्राहकबाट प्राप्त सकारात्मक प्रतिक्रियामा आफ्नो उत्साह यसरी व्यक्त गरे:“बुटवलका मानिसहरूले देखाउनुभएको उत्साह अविश्वसनीय छ। पहिलो दिनमै १५ मोटरसाइकल डेलिभर गर्नु भनेको ट्रायम्फप्रतिको विश्वास र प्रेम हो। हामी यस क्षेत्रमा अन्तर्राष्ट्रिय स्तरको सेवा दिन पूर्ण रूपमा प्रतिबद्ध छौं।”
ट्रायम्फ नेपालका म्यानेजर सागर थापाले ब्रान्डको गुणस्तर र नेपाली ग्राहकद्वारा देखाइएको साथको सराहना गर्दै भने “ट्रायम्फ मोटरसाइकल इन्जिनियरिङ उत्कृष्टताको प्रतीक हो। नेपाली राइडरहरूले यसलाई खुलेर स्वागत गर्नुभएकोमा हामी गर्व गर्छौं। बुटवलको प्रतिक्रिया असाध्यै उत्साहजनक छ र हामी यहाँको मोटरसाइकल समुदायसँग अझ घनिष्ठ सम्बन्ध बनाउने अपेक्षा राख्छौं।”
बुटवलमा रहेको यो नयाँ सोरुममा प्रशिक्षित जनशक्ति तथा अन्तर्राष्ट्रिय स्तरको सेवा सुविधा उपलब्ध गराइएको छ। कम्पनीले आफ्नो आउटलेटलाई सेल्स (बिक्री), सर्भिस (सेवा), र स्पेयर (स्पेयर पार्ट्स) सहितको पूर्ण 3S सुविधा सहित तयार रहेको जनाएको छ।
यस सोरुमबाट बुटवल तथा वरपरका ट्रायम्फप्रेमीहरूलाई उच्चस्तरीय मोटरसाइकल, भरपर्दो सेवा र ओरिजिनल पार्ट्स सहज रूपमा उपलब्ध गराइने छ।

सीजी मोटर्स हिरोद्वारा पोखरामा ‘एक्सट्रयाक’, अफ–रोड ट्रयाक राइडिङ्गको अद्भुत अन…

दिपलले पार गर्यो पाँच लाख युनिट डेलिभरीको कोशेढुंगा

एमजीले नेपालमा भित्र्यायो अपग्रेडेड ‘कमेट इभी’

दश वर्षमा १४ हजार ५०० विद्युतीय सवारी आयात

टीभीएस मोटर र जगदम्बा मोटर्सले १०० रूख रोप्दै विश्व वातावरण दिवस मनाए

“माइलेज च्याम्पियन २०२५“ भव्य रूपमा सम्पन्न, प्रिन्स पटेल विजयी

होण्डाद्वारा ३ दिने निःशुल्क सर्भिस क्याम्प तथा सेफ्टी रिकल कार्यक्रम सञ्चालन हुने

प्रतिक्रिया