ग्लोबल आइएमई बैंकको अनलाइन पेमेन्ट गेटवे सुचारु

काठमाडौँ- ग्लोबल आइएमई बैंकले नेपाल क्लियरिङ हाउस (NCHL) सँगको सहकार्यमा कार्डमा आधारित अनलाइन पेमेन्ट गेटवे सुचारु गरेको छ । यस सुविधा पश्चात् बैंकले फिजिकल मर्चेन्ट जस्तै अन्लाईन मर्चेन्ट पनि acquire गर्न सक्नेछ र बैंकका अन्लाईन मर्चेन्टहरुले जुनसुकै राष्ट्रिय तथा अन्तराष्ट्रिय बैंकहरुबाट जारी भएको VISA र MasterCard मार्फत भुक्तानी प्राप्त गर्न सक्नेछन् ।
NCHL र ग्लोबल आइएमई बैंकले नेपालमा ईकमर्स ट्रान्जेक्सनलाई प्रवद्र्धन गर्ने उद्देश्यले अनलाइन पेमेन्ट गेटवे सञ्चालनमा ल्याएको हो । यस पेमेन्ट गेटवले दुवै Domestic र International पेमेन्टहरू सपोर्ट गर्ने भएकोले मर्चेन्टहरुलाई आफ्नो ब्यवसायको दायरा विस्तार गर्न सहज हुनेछ ।
साथै, यस पेमेन्ट गेटवले 3D Secure प्रविधि प्रयोग गरी ग्राहकका कार्ड भुक्तानीहरूलाई थप सुरक्षित बनाउँछ र अनाधिकृत कारोबारको जोखिम पनि न्यूनीकरण गर्दछ । अनलाइन वा ई–कमर्शमा आधारित मर्चेन्टहरुले उक्त पेमेन्ट गेटवेमा आवद्ध हुन बैंकसँग सम्पर्क राखी आवश्यक प्रकृया र प्राविधिक व्यवस्था गरे पश्चात् उक्त सेवा आफ्नो पोर्टलमा इन्टिग्रेट गर्न सक्ने हुनेछन् ।
NCHL ले हाल १२ वटा बैंक तथा वित्तीय संस्थाहरुलाई डोमेस्टिक र विभिन्न अन्तर्राष्ट्रिय कार्ड कारोवार गर्न, होस्टिंग, स्विचिंग र अनलाइन पेमेन्ट गेटवे लगायतका सेवाहरु प्रदान गर्दै आइरहेको छ ।ग्लोबल आइएमई बैंकको अनलाइन पेमेन्ट गेटवेमा सहभागिता सँगै, नेपालमा डिजिटल भुक्तानीको दायरा अझ विस्तारित हुने अपेक्षा गरिएको छ ।

माथिल्लो सार्दी खोला जलविद्युत आयोजनामा एनएमबि बैंकको एकल ऋण लगानी

एनआईसी एशिया बैंकका ग्राहकले हेयर एण्ड शान्ति सैलुनमा १० प्रतिशत छुट पाउने

सिद्घार्थ बैंकका ग्राहकहरुलाई सारंग हेल्थ केयरमा १० प्रतिशत सम्मको छुट

सानिमा बैंकको अन्तरबैंक टेलर क्युआर कारोबार सेवा सञ्चालन

एनआईसी एशिया बैंकका ग्राहकले भक्तपुर इन्टरनेसनल हस्पिटलमा २० प्रतिशत छुट पाउने

ग्लोबल आइएमई बैंकका ग्राहकलाई अन्नपूर्ण न्यूरो अस्पतालमा १०% छुट

एनआईसी एशिया बैंक र एएसजी आई केयर एण्ड हेल्थ सर्भिसबीच आँखा उपचारमा सहकार्य,…

प्रतिक्रिया