गाजामा दुई इजरायली सैनिकको मृत्यु, तीन घाइते

जेरुसेलम- इजरायली सेनाको शुक्रबार जारी वक्तव्यअनुसार, गाजा पट्टीको दक्षिणी क्षेत्रमा बिहीबार भएको दुई फरक आक्रमणमा दुई जना इजरायली सैनिकको मृत्यु भएको छ भने तीन जना गम्भीर घाइते भएका छन् ।
पहिलो आक्रमणमा, २० वर्षीय लडाकु इन्जिनियर सार्जेन्ट यिशाई उरबाचको ज्यान गएको थियो, जब हामासका लडाकुहरूले राफाहस्थित एक भवनमा आरपीजी (रकेट–प्रोपेल्ड ग्रेनेड) प्रहार गरेका थिए ।
उक्त भवनमा इजरायली सैनिकहरू तैनाथ थिए । सो हमलामा दुई अन्य सैनिक घाइते भए, जसमध्ये एकको अवस्था गम्भीर छ । घाइतेहरूलाई हेलिकप्टरमार्फत इजरायलको केन्द्रीय अस्पतालमा लगिएको थियो ।
दोस्रो आक्रमणमा, २१ वर्षीय सार्जेन्ट याम फ्रिड एक ट्याङ्कमा भएको विष्फोटमा मारिएका थिए । राफाहमै भएको उक्त आक्रमणमा प्रयोग गरिएको आईईडी (विस्फोटक उपकरण) ट्याङ्कलाई लक्षित गरिएको थियो । ट्याङ्कमा रहेका दुई अन्य सैनिक गम्भीर घाइते भएका छन् ।
हामासले यी दुबै आक्रमणको जिम्मेवारी लिँदै टेलिग्राममार्फत उनका लडाकुहरूले पूर्वी राफाहस्थित एक घरभित्र १२ इजरायली सैनिकहरूलाई लक्षित गरी दुईवटा आरपीजी प्रहार गरेका जानकारी दिएको छ ।
गाजामा जारी स्थल आक्रमण अभियानका क्रममा हालसम्म ज्यान गुमाएका इजरायली सैनिकको सङ्ख्या ४१८ पुगेको छ ।
यसैबीच, इजरायलस्थित अमेरिकी राजदूत माइक हकाबीले शुक्रबार गाजामा मानवीय सहायता वितरण छिट्टै सुरु हुने पुष्टि गरे ।
जेरुसेलममा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले सहायता वितरणमा निजी सुरक्षाकर्मीहरू परिचालित हुनेछन्, भने इजरायली सेनाले सुरक्षा व्यवस्थापनको जिम्मा लिनेछ । हकाबीले यो अभियान हामासलाई सहायता वितरणमा हस्तक्षेप गर्न नदिनका लागि डिजाइन गरिएको स्पष्ट पारे । (सिन्ह्वा)
युक्रेनमा रुसी हवाई आक्रमण : पाँच जनाको मृत्यु, दर्जनौं घाइते

चीनले पठाउँदैछ इरानलाई पाउडर, बनाइँदैछ थप ८०० ब्लास्टिक मिसाइल

टर्कीका राष्ट्रपतिको अपिल- कम्तिमा तीन सन्तान जन्माउनुहोस्

मस्कले ट्रम्पसँग जोडिरहेका ‘यौनदुराचारी’ एपस्टेन को हुन् ?

गधाले मजबुत बनाइरहेछन् पाकिस्तान र चीनको सम्बन्ध

चीनले बनाइरहेछ हरेक ५ दिनमा एक आणविक हतियार, विश्वमा छन् ९६०० हतियार

ट्रम्पद्वारा हार्वर्डमा नयाँ विदेशी विद्यार्थीका लागि भिसा प्रतिबन्ध

प्रतिक्रिया