श्रीलंकामा हेलिकप्टर दुर्घटना हुँदा ६ जनाको मृत्यु, ६ सख्त घाइते

कोलम्बो- श्रीलङ्काली वायु सेनाको हेलिकप्टर शुक्रबार देशको उत्तरी मध्य प्रान्तको मादुरु ओया जलाशयमा दुर्घटनाग्रस्त हुदाँ छ जना सैन्य कर्मचारीको मृत्यु भएको एक प्रवक्ताले बताएका छन् ।
वायु सेनाका प्रवक्ता एरान्डा गीगानागेले दुर्घटनाको समयमा हेलिकप्टरमा दुई पाइलटसहित १२ जना सवार रहेको र तीमध्ये छ जनाको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको बताएका छन् । अन्य छ जना घाइतेहरुको अझै अस्पतालमा उपचार भइरहेको गीगानागेले बताएका छन् ।
यसअघि, गीगानागेले जहाजमा रहेका सबै १२ जना सुरक्षित रहेको र उपचारका लागि अस्पताल पठाइएको बताएका थिए ।
श्रीलङ्काली वायु सेनामा उत्तीर्णहरूको स्वागत समारोहमा आयोजित प्रदर्शनको क्रममा घटना भएको जनाइएको छ । (सिन्ह्वा)

ड्रोन र मिसाइल आक्रमणको सामना गर्दै युक्रेन, अन्तर्राष्ट्रिय प्रतिबन्धको माग

गाजामा इन्धन आपूर्ति दोस्रो दिन पनि अपर्याप्त : संयुक्त राष्ट्रसंघ

एक अर्ब ३७ करोडको ब्याग, जो हालै एक जापानीले लिलामीमा लिए

डेढ वर्षमा एक लाख ५० हजार रोहिङ्ग्याले बङ्गलादेशमा शरण लिएको राष्ट्रसंघद्वारा प…

चीनले बनायो प्रतिघण्टा ६०० किमी गुड्ने म्याग्लेभ रेल

म्यान्मारको बौद्ध बिहारमा हवाई आक्रमण, २३ जनाको मृत्यु
_0Q0VUv201A_kvt31x87ukqaspt0vuudke45gt9vmpatmrq9ftfj2i8m6kiog2bq3yjrovlf_AFNUDpsKj6_15if3eshn3xxhedwwlg1hta5ucdhylnbxyernldnltz7aqcrujv0uuzzmnww_A3DxqOYBXA_qydzohbuqx6qc3soelnfq5co1vrusc2sapiwh0wix5cuvjp9wu5xfatfdgue_rc0WBSrQ3y_bicqfkfdwtxyo171jxygaxdpb3agvkbbo5beapjhuxwgpi7boltnklxtt48i_KBqAHzumYr_bugauevmqxkps2npfc8nqhpwfag9j8yhyfieqfcbra38ilk0hsuaeztf4uk0_afMnwqnG2q_hdtee7gxhxeuuaiszeb7zbcuvdcu7wwfm7vpfqna50acjic3by611wypin90.jpg)
पाकिस्तानमा मनसुनको प्रकोप : ९८ जनाको मृत्यु, १८५ भन्दा बढी घाइते

प्रतिक्रिया