जेरुसेलममा विद्यालय बन्द वा तोडफोड गरिएका भन्दै राष्ट्रसङ्घीय निकायद्वारा चासो व्यक्त

न्यूयोर्क- पूर्वी जेरुसेलममा रहेका तीन राष्ट्रसङ्घीय सहयोगमा सञ्चालित विद्यालयहरूमा भएको इजरायली आक्रमणका कारण ५५० भन्दा बढी विद्यार्थीहरूलाई कक्षा कोठा छोड्न बाध्य पारेको संयुक्त राष्ट्र सङ्घीय निकाय युएनडब्लुएआर) का आयुक्त–जनरल फिलिप लाजारिनीले जानकारी दिएका छन् ।
लाजारिनीले सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै उक्त आक्रमणले ‘बालबालिका र शिक्षा माथि ज्यादती’ गरी अन्तर्राष्ट्रिय कानूनको स्पष्ट उल्लङ्घन गरेको बताएका छन् ।
आक्रमणको कारण पूर्वी जेरुसेलममा राष्ट्रसङ्घको सहयोगमा सञ्चालन रहेका छ वटा विद्यालयका सबै बालबालिकालाई खाली गर्न बाध्य पारिएको उनले उल्लेख गरेका छन् ।
यसैगरी आक्रमणपछि एक विद्यालय कर्मचारीलाई हिरासतमा लिइएको पनि उनले पुष्टि गरे ।
हाल लगभग ८०० बालबालिकाहरू आक्रमणको कारण असहज परिस्थितिमा रहेको लाजारानीले जानकारी दिएका छन् । (क्युएनए)

शीर्ष गणित प्रतियोगितामा मानिसबाट एआई पराजित

हरेक वर्षको गर्मीमा हराउँछन् चिनियाँ राष्ट्रपति सी, यस्तो छ रहस्य

रूस र युक्रेनबीच टर्कीमा आज तेस्रो चरणको वार्ता हुँदै

पाकिस्तानमा मनसुन प्रकोप: जनजीवन अस्तव्यस्त, सयौं प्रभावित

गाजामा भएको इजरायली आक्रमणमा १५ जनाको मृत्यु
चीनमा रोजगारीको अवस्था सुदृढ, आर्थिक वृद्धि दर सकारात्मक

अमेरिका युनेस्कोबाट बाहिरियो, इजरायलविरुद्ध पक्षपात गरेको आरोप

प्रतिक्रिया