मस्को परेडपछि पुटिनले भेटे उत्तरी कोरियाली सैनिक, दिए धन्यवाद

मस्को- रूसका राष्ट्रपति भ्लादिमर पुटिनले रेड स्क्वायर परेडपछि उत्तर कोरियाली सैन्य अधिकारीहरूसँग कुराकानी गरेका छन् ।
मस्कोमा ८० औं विजय दिवसको परेड पछि रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले रेड स्क्वायरमा कोरियाली जन सेनाका कमाण्डरहरूसँग केही वाक्यांशहरू आदानप्रदान गरेको रूसी समाचार एजेन्सी तासले जनाएको छ ।
पुटिनले देशको सशस्त्र सेनाको सहयोगको लागि हार्दिक कृतज्ञता व्यक्त गर्दै उनीहरुसँग हात मिलाएर अँगालो हालेका थिए । सो भेटका क्रममा उत्तर कोरियाली राजदूत पनि उपस्थित रहेका थिए ।
‘सबै लडाकुहरूको स्वास्थ्य छन्’, पुटिनले उत्तर कोरियाली जनरलहरूसँग कुरा गर्दै भने, ‘तपाई र तपाईका सबै सेनाहरू सबै भन्दा राम्रो र परिपक्व रहेका छन् ।’ उनले साे क्रममा सहयोगका लागि धन्यबादसमेत ब्यक्त गरेका थिए ।
गत अप्रिल २६ मा रुसी सशस्त्र बलका जनरल स्टाफका प्रमुख भ्यालेरी गेरासिमोभले युक्रेनी सेनाबाट रुसको कुर्स्क क्षेत्रलाई मुक्त गराउन उत्तर कोरियाका सैनिकहरूले खेलेको भूमिकाको प्रशंसा गरेका थिए ।

चिनिया बिदेश मन्त्रीले भनेः चीन इरानकाे समर्थनमा उभिन्छ

युद्दमा १३८ इरानीको मृत्यु, इजरायलको ३ लडाकु विमान ध्वस्त
इरानमा सैन्य दुस्साहस रोक्न इजरायललाई चीनको आग्रह
इरानद्वारा इजरायलमा जवाफी आक्रमण
_0Q0VUv201A_kvt31x87ukqaspt0vuudke45gt9vmpatmrq9ftfj2i8m6kiog2bq3yjrovlf_AFNUDpsKj6_15if3eshn3xxhedwwlg1hta5ucdhylnbxyernldnltz7aqcrujv0uuzzmnww_E4YDghGNKZ_lz0g6oxluiebhiz3w1gswqt3sbjmbiuai7g2gr5w3sxatlb8qkfbllgp0moy_QS7zVqLtG4_zf6my1ucmsuktjkfbqtbxckd1cio1siqkyimm3vfaomlbrgire6isufk4o0m.jpg)
टेक्सासमा बाढीले १० जनाको मृत्यु

बंगलादेशमा फ्रेबुअरीमा निर्वाचन गराउने युनुसको घोषणा

पाकिस्तानी सेना प्रमुखलाई ट्रम्पको बिशेष सम्मान, बोलाए अमेरिका

प्रतिक्रिया