पर्यटक र पूर्वाधार कुरेर बसेको लाखेत

म्याग्दी- म्याग्दीको धवलागिरी गाउँपालिका–३ मुनामा रहेको लाखेत पर्यटक र पूर्वाधारका पर्खाइमा छ ।
पर्यटकीय सम्भावना भएपनि पूर्वाधार र प्रचारप्रसारको कमीले मुना र फलीगाउँको शिर तथा मालिका धुरीको फेदीमा रहेको समथर फाँट लाखेतमा पर्यटक भित्रिन सकेका छैनन् । समुन्द्रि सतहदेखि दुई हजार २०० मिटर उचाइमा रहेको लाखेतबाट गुर्जा, धौलागिरि र मानापाथी हिमाल, धवलागिरि गाउँपालिकाका ग्रामिण वस्ति, पहाडी भूगोल र सुर्योदयको दृष्यावलोकन गर्न सकिन्छ ।
मुनाका बासिन्दा मदन पुनले प्राकृतिक हिसाबले सुन्दर र मनोरमस्थल लाखेत सधैँ सुनसान भएको बताए । “दृष्य अवलोकनका साथै शान्त र एकान्त वातावरण पनि लाखेतको विशेषता हो,” उनले भने “मुना र फलीयागाउँ हुँदै ढोरपाटन, गुर्जा, डोल्पा र धौलागिरि चक्रीय पदमार्गमा आउने पर्यटकलाई लाखेत घुमाएर बसाई लम्बाउन सकिन्छ ।”
लाखेत नजिकैको खर्क र बारीमा हिउँदयाममा गाईभैंसीका घुम्ती गोठ राख्ने गरिन्छ । गोठालाको दैनिकी र जीवनशैलीले पनि पर्यटक लोभ्याउन सक्ने सम्भावना छ । मुना र फलियागाउँदेखि करिब ३० मिनेट उकालो पैदलयात्रा र सवारी साधनमा १० मिनेटमा लाखेतमा पुगिन्छ । केही वर्षअघिसम्म मकै, कोदो र आलु खेती हुने लाखेतको बारी बाँझिन थालेको छ । घुम्ति पशुगोठ लैचाने चलन हराएको छ ।
युवा पुस्ता विदेश पलायन र बसाइसराईका कारण बारी बाझिनुका साथै घुम्ती गोठ हराएको हो । लाखेतमा बनभोजस्थल बनाउन आर्थिक वर्ष २०७६÷०७७ मा डिभिजन वन कार्यालयमार्फत सार्वजनिक शौचालय र दृष्य अवलोकनस्थल निर्माण भएको थियो ।
संरक्षण र उपभोग नहुँदा शौचालय र दृष्य अवलोकनस्थल अलपत्र भएको छ । धवलागिरी गाउँपालिकाले मुनादेखि लाखेतसम्म सडक पुर्याएको छ ।
मुनादेखि धार्मिक पर्यटकीयस्थल मालिका धुरी जाने सडक लाखेतको नजिकै छ । मालिका जोड्ने सडक स्तरोन्नति, फलीगाउँ र मुनादेखि लाखेत जोड्ने पदमार्ग निर्माण गर्न आवश्यक छ । साथै यहाँको विशेषता र आकर्षणको बारेमा प्रचारप्रसार नभएकाले पनि ओझेलमा परेको हो ।
लाखेतलाई बनभोजस्थलको रूपमा विकास गर्न पहल गरेको धवलागिरी–३ मुनाका वडा अध्यक्ष देवेन्द्र रोकाले बताए । मुना र फलीगाउँमा बास बस्ने पर्यटकलाई हाईकिङ गराएर लाखेतसम्म पुर्याउने र दृष्य अवलोकन गराउने ब्यवस्था मिलाउन पहल गरेको उनले बताए । रासस
रसुवामा बेपत्ता भएका गोरखाका दुई जनाको सनाखत गर्न आएनन् आफन्त

सरकारले गर्यो म्याग्दीको संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय खार…
_LbyzHsdAc4_s91sgi0aoyemfehb80g6w4nzojr37cmyd9vhrwgn9xx9wbpm5m5rwwobg2cv_tv8Q8f0IPE_tfwtuxsvykcb3u604fsxvuy4armamjwghblh2kb8ypl6dvtargrwrvvmdc4n.jpg)
म्याद थप्दासमेत सम्पन्न भएन प्रशासकीय भवन

बर्सातका कारण सुनसान बने ‘होमस्टे’
तीन करोडको लागतमा नदी नियन्त्रण योजना सम्पन्न

मासुजन्य उत्पादनमा पशुपालक किसानलाई नगद अनुदान

पाडीबाच्छी हुर्काउन ३० लाख अनुदान

प्रतिक्रिया