बौद्ध धर्मदर्शन पालन गरौँः सञ्चारमन्त्री गुरुङ

काठमाडौँ- सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले समाज रुपान्तरणमा गौतमबुद्धका दर्शनको भरपुर उपयोग गर्न आवश्यक रहेको बताएका छन् ।
सगरमाथा टेलिभिजन र सेतुबन्ध अध्ययन प्रतिष्ठानको संयुक्त आयोजनामा ‘सिद्धार्थ गौतमको मार्गदर्शन र सान्दर्भिकता’ विषयमा आज आयोजित कार्यक्रममा मन्त्री गुरुङले गौतमबुद्धले सिकाएको अहिंसा र शान्तिका माध्यमबाट नेपाललाई विश्व मञ्चमा चिनाउनुपर्ने बताए ।
कन्फुसियसले प्रतिपादन गर्नुभएको सिद्धान्तबाट चिनियाँ समाज उन्नत भएको, भारतमा पनि आयुर्वेद दर्शनको परिपालनले समुन्नति एवं सत्मार्गमा अग्रसर हुन धेरैलाई प्रेरित गरेको बताउँदै सञ्चार तथा सूचना प्रविधिमन्त्रीले बुद्धले देखाएको मार्गमा हिँड्न र उनले दिभएको शिक्षा अनुशरण हुनुपर्नेमा जोड दिए ।
प्राकृतिक सौन्दर्यले भरिपूर्ण हिमाल नै हिमाल भएको हाम्रो देशलाई पर्यापर्यटनका साथै उत्तम ढङ्गले अतिथिको सत्कार गरेर समृद्ध नेपाल निर्माणको सपना साकार तुल्याउन सकिने विचार व्यक्त गरे ।

प्रधानमन्त्री ओली दुबईमा

प्रतिनिधिसभाको बैठक आज बस्ने

प्रधानमन्त्री ओली तुर्कमेनिस्तान प्रस्थान

कार्यवहाक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री सिंहलाई

बहुविवाहलाई छुट दिने कानुन बनाइँदैछ भन्ने भ्रम मात्रैः कानुनमन्त्री चौरसिया

सरकारले सुशासनको अनुभूति दिलाउन सकेनः डा. कोइराला

माओवादीलाई विभाजन गर्न षड्यन्त्र र जालझेल भइरहेको छः अध्यक्ष प्रचण्ड

प्रतिक्रिया