संघीय सरकारले ३ करोडभन्दा माथिका योजना कार्यान्वयन गर्ने गरि छलफल चलिरहेको छ : उपप्रधानमन्त्री सिंह

धादिङ- उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले ३ करोडभन्दा माथिको योजना मात्र संघीय सरकारले अघि बढाउने गरि छलफल भइरहेको बताएका छन् ।
खनियाबास गाउँपालिकाको प्रशासकीय भवन शनिबार उद्घाटन गर्दै उनले ३ करोड भन्दा मुनिका योजना प्रदेश र स्थानीय तहले कार्यान्वयन गर्ने गरि छलफल भइरहेको बताए ।
उनले स्रोत सुनिश्चितता नभई योजना मात्र रातो कितावमा राख्दा कार्यान्वयन हुन नसकेको भन्दै स्रोत सुनिश्चितता गरेर योजना अघि बढाउनुपर्नेमा सरकारको जोड रहेको बताए ।
`अघिल्लो वर्ष संघीय सरकारले ७ हजार योजना अगाडि बढाएकोमा ०८१/८२ को बजेटमा अन्तिम समयमा ११ हजार नयाँ योजना थप गरियो । तर स्रोत सुनिश्चितता नभएका योजना कहाँ कार्यान्वयन हुन्छ ? योजना पार्दिएको छु भनेर खुशी पार्न त काम लाग्ला । काम हुँदैन । रातो कितावमा आएर मात्र त स्रोत सुनिश्चितता नगरि भएन नी ?´ उनले भने,´त्यसकारणले गर्दा अहिले छलफल चलिरहेको छ । संघीय सरकारले ३ करोड भन्दा माथिको योजना अघि बढाउने । त्यो भन्दा मुनिको स्थानीय र प्रादेशिक सरकारले गर्ने ।´
उाले विकास निर्माणको काममा जनता र जनप्रतिनिधि मिले केही पनि असम्भव नरहेको भन्दै विकासमा तीनै तहको सरकारले हातेमालो गर्नुपर्ने धारणा राखे ।
त्यस्तै उनले राजनीतिक स्थीरता र स्थायीत्वको जगमा विकास र समृद्धिका लागि अहिलेको सरकार प्रतिवद्द रहेको पनि बताए ।
संविधानको अनुसूची अनुसारको अधिकार प्रदेश र स्थानय तहमा छिट्टै पुर्याएर संविधानको कार्यान्वयन थप प्रभावकारी बनाउनुपर्नेमा पनि सिंहले जोड दिए ।
प्रशासकीय भवनले गाउँपालिकाको सेवा प्रवाह सहज र प्रभावकारी हुने उनले विश्वास व्यक्त गरे ।

पर्यटन बोर्डका पूर्वसीईओ रेग्मी रास्वपा प्रवेश

देशभित्रका समस्या समाधान गर्न कांग्रेसले ध्यान दिनुपर्छः महामन्त्री थापा
रास्वपाको हस्ताक्षर अभियान एकसय दिन चल्ने

एमाले सचिवालय बैठक सुरू

'श्रम र उत्पादनमा वाइसिएल अभियान' पार्टीले अघि सारेको 'उत्पादन ब्रिगेड'को निर…

एमाले सचिवालय बैठक बस्दै, विधान मस्यौदामा प्रारम्भिक छलफल हुने

प्रकाशमान सिंहको पहलपछि बबरमहल र मिनभवनमा लिफ्टसहितको आकाशेपुल बन्दै

प्रतिक्रिया