आगलागीबाट घर जलेर नष्ट

रामेछाप (मन्थली)- रामेछापको लिखु तामाकोशी गाउँपालिका–२ सैपु तिलौरीमा विद्युत् सर्ट भएर आगालागी हुँदा एक घर पूर्ण रूपमा जलेर नष्ट भएको छ ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी कौशल न्यौपानेका अनुसार लिखु तामाकोशी–२ सैपुका चन्द्रबहादुर पौडेलको घरमा आगलागी भएको हो ।
आगलागी भएको घरमा पाँच जनाको परिवार बस्दै आएको थियो । आगालागी भएको केहीबेरमा नै आगो निभाइएको उनले बताए ।
घर जलेर नष्ट हुँदा कति क्षति भयो भन्नेबारे अनुसन्धान भइरहेको सूचना अधिकारी न्यौपानेले बताए ।

१०७४ किलो गाँजासहित चार जना पक्राउ

निः शुल्क वितरण गरिएका बिरुवाको अनुगमन गर्दै वन कार्यालय

ट्रक दुर्घटनामा चालकको मृत्यु, सहचालक घाइते

जुगलमा नमुना युवा गाउँसभा

बजेटका सम्बन्धमा भएका गलत प्रचारप्रसारप्रति आर्थिक मामिला मन्त्रालयको ध्यानाकर्षण

बाढी घरमा पस्दा बलामी बेपत्ता

फेरिएको लोपोन्मुख वनकरियाको जीवनशैली

प्रतिक्रिया