महायज्ञबाट चार करोड ७४ लाख संकलन

अत्तरिया (कैलाली)- मानवसेवा आश्रमले ‘श्रीमद् भागवत सप्ताह ज्ञानविज्ञान महायज्ञ-२०८१’ बाट रु चार करोड ७४ लाख ३० हजार चार सय ३५ सङ्कलन गरेको छ । आश्रमको कैलाली शाखाले गत वर्ष २०८१ माघ २३ देखि ३० गतेसम्म धनगढीमा आयोजना गरेको महायज्ञबाट उक्त रकम सङ्कलन गरेको हो ।
आश्रमले आज धनगढीमा आयव्यय विवरण सार्वजनिक गरेको हो । महायज्ञमा नगद, क्युआर तथा अनलाइन माध्यम र चेकबाट गरी रु ८१ लाख ८१ हजार नौ सय ७८ सङ्कलन भएको र बाँकी रकमको प्रतिबद्धता रहेको महायज्ञ मूल आयोजक समितिका संयोजक मदनबहादुर कुँवरले जानकारी दिए ।
उनका अनुसार सरकारी निकायबाट रु २७ लाख ८१ हजार एक सय १२, संस्थागत रु दुई करोड ४८ लाख ९९ हजार पाँच सय ८४ र व्यक्तिगत रु एक करोड १३ लाख २६ हजार पाँच ७४ प्रतिबद्धता रकम भएको छ ।
प्रतिबद्धता गरिएको रकममध्ये हालसम्म रु १४ लाख ८२ हजार ४६ प्राप्त भएको उनले जानकारी दिए । त्यस्तै, महायज्ञमा रु एक लाख ४४ हजार दुई सय ५० दान पेटिकामा दान प्राप्त भएको, रु ८३ हजार दुई सय ५२ गोप्यदान र १३ हजार छ सय ७५ बराबरको जिन्सी दान प्राप्त भएको उनले जानकारी दिए ।
महायज्ञ सम्पन्न गर्न रु ४९ लाख ६८ हजार आठ सय ६५ खर्च भएको कुँवरले जानकारी दिए । मानवसेवा आश्रमको धनगढी उपमहानगरपालिका–१५ उर्मीमा दुई बिघा जग्गामा निर्माण सुरु गरिएको सुदूरपश्चिम प्रदेशस्तरीय भवन निर्माण सम्पन्न गर्न सहयोगार्थ महायज्ञको आयोजना गरिएको जनाइएको छ ।
उक्त भवन निर्माण भएपछि सुदूरपश्चिमका दुई सय ५० जना सहयोगापेक्षी सडक आश्रित मानवलाई संरक्षण एवं सेवा प्रवाह गर्न सकिने आश्रमले जनाएको छ । विसं २०७५ मङ्सिर १ गतेबाट धनगढी उपहानगरपालिका-५ तारानगरमा घर भाडामा लिई मानवसेवा आश्रम कैलाली शाखाले सेवा शुभारम्भ गरेको जनाइएको छ ।

जीपको ठक्करबाट चन्दको मृत्यु

बाढीको जोखिमले राजमार्ग छेउ बस्न बाध्य वनहराका भूमिहीन परिवार

प्रहरीका पाँच युनिटलाई विपद् उद्धार सामग्री हस्तान्तरण

कैलालीमा नक्षत्र वाटिका

भीरबाट लडेर महिलाको मृत्यु
_0Q0VUv201A_kvt31x87ukqaspt0vuudke45gt9vmpatmrq9ftfj2i8m6kiog2bq3yjrovlf_AFNUDpsKj6_15if3eshn3xxhedwwlg1hta5ucdhylnbxyernldnltz7aqcrujv0uuzzmnww_uYo6SbrWTv_rumxl2apwoyuvflfztwpvdgjc9ydofrmgqonrriyntgyhlvgnyzoem7wzd7a_DNMDxuzm97_pmdjhavyziu9cuaewwze1t54mwh4gskyn17pjhzlvn7f2pryog04uzhpix9j.jpg)
बाढीको जोखिममा रहेका घरमा रातो झण्डा

पुर्ख्यौली सीप बोकेका गङ्गाराम भन्छन्- आत्मनिर्भर हुनका लागि मेसिन अनुदानमा पाउ…

प्रतिक्रिया