बागलुङमा सात करोड ६६ लाखमा पुल निर्माण

ढोरपाटन (बागलुङ)- जिल्लाको बडिगाड गाउँपालिका–७ भिमगिठे र ९ को मालारानी जोड्ने गरी मोटरेवल पुल निर्माण भएको छ ।
पाँच वर्ष अगाडि निर्माण सुरु भएको उक्त पुल अघिल्लो महिनादेखि सञ्चालनमा आएको हो । पुल सञ्चालनमा आएपछि राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गदेखि मालारानीसहित राजकुट, प्युठान र गुल्मी आउजाउ गर्न सहज भएको छ ।
विसं २०७७ कात्तिक २७ गते सडक डिभिजन कार्यालयले रु सात करोड ६६ लाखमा निर्माण कम्पनीलाई ठेक्का दिएको थियो । विसं २०७९ फागुनमा निर्माण सम्पन्न गर्नेगरी ठेक्का दिइएकामा तीन वर्षपछि मात्र निर्माण सम्पन्न भएको हो । पर्याप्त बजेट प्राप्त नहुँदा समयमै काम सम्पन्न नभएको सडक डिभिजन कार्यालयका सूचना अधिकारी विष्णुप्रसाद लामिछानेले राससलाई जानकारी दिए ।
नवनिर्मित पुल मालारानीबाट राजकुट–हर्पे–देवीस्थान रोल्पा–रुकुम–जाजरकोट आवागमन सहज भएको छ ।
स्थानीय प्रेमबहादुर केसीले बडिगाडखोलामा पुल बनेपछि गाउँमा उत्पादन बजारीकरण गर्न सहज भएको बताए । गाउँमा धेरै किसानले फलफूल र सागसब्जी उत्पादन गरे पनि अब डोकोमा बोकेर बजार पुर्याउनुपर्ने बाध्यता अन्त्य भएको उनले बताए ।
डेङ्गी र कोरोना देखिन थालेपछि गण्डकीमा सतर्कता

फेवातालको पहिचान र सुन्दरता जोगाउन जुटे पोखरेली

केदारनाथमा पदमार्ग निर्माण

एक वर्षमा घोडेपानी-पुनहिलमा ३० हजार पर्यटकको आगमन
_sGl94IEkeu_zt7powlwtqrx9cb6v5gojjmvr4k5qnkphq5o0rugcq0xytkp9pljkgvtxr3i_ebQxZSXD7U_hexpxhi0vajgp5kgnkptbeaq1jaksyckzhnwe3fwnvprbmqu0ppverzldtsj.jpeg)
सोमबार देवघाटमा ३५ हजार भक्तजनको आगमन

नमूना पशुपक्षी अस्पताल भवन निर्माण अधुरो

गोरखामा एक वर्षमा ७० किलोमिटर सडक कालोपत्र

प्रतिक्रिया