बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

मुम्बई- भारतीय क्रिकेटर विराट कोहलीले टेस्ट क्रिकेटबाट सन्यास लिने निर्णयबारे बीसीसीआईलाई जानकारी दिएका छन् ।
तर बीसीसीआईले यस विषयमा विराट कोहलीलाई मनाउन खोजिरहेको छ । बीसीसीआईले विराटलाई आफ्नो निर्णयमा पुनर्विचार गर्न आग्रह गरेको छ । अब यो निर्णयमा विराट के सोच्छन् त्यो भने आउने समयमै थाहा हुनेछ ।
तर उनको एक्कासी सन्यास लिने जानकारी दिनुको कारण के थियो, यो ठूलो प्रश्न हो । कतै उनीलाई बेवास्ता गरिएपछि यो निर्णय लिइएको त होइन ? वास्तवमा यस्तो रिपोर्टहरू आइरहेका छन् कि बीसीसीआई भारत–इंग्ल्याण्ड टेस्ट सिरिजमा विराट कोहलीलाई नै कप्तान बनाउने मुडमा थियो।
बीसीसीआई निकट स्रोतहरूले पीटीआईलाई यसबारे जानकारी दिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । उनले भने कि यो सत्य हो कि चयनकर्ताहरूले इंग्ल्याण्ड सिरिजका लागि कोहलीलाई कप्तान बनाउने विचार गरिरहेका थिए । यसले शुभमन गिललाई नेतृत्वको भूमिकाका लागि आफूलाई तयार पार्न केही समय दिन्थ्यो। यसको माथि २५ वर्षको उमेरमा गिल अझै आफ्नो समयका लागि काफी अवस्थामा नै छन् ।
तर एक रिपोर्ट यस्तो पनि छ कि जसमा शुभमन गिललाई कप्तान बनाउन चयनकर्ताको पहिलो रोजाइ भएको दाबी गरिएको छ । चयनकर्ताहरूले बुमराहको फिटनेसलाई ध्यानमा राख्दै गिललाई कप्तान बनाउने विचार गरिरहेका थिए।
गिलले पछिल्ला दुई सिजन आईपीएलको कप्तानी गर्दै आएका छन् भने आईसीसी च्याम्पियन्स ट्रफीमा पनि टिम इन्डियाको उपकप्तानसमेत भइ नै सकेका छन् । डब्ल्यूटीसीको नयाँ चक्रमा इंग्ल्यान्ड सिरिजबाट सुरु हुने खबर छ । उनीहरूको तर्क छ, अब गिल कप्तान हुनुपर्छ।
अब पहिला कप्तान बनाउने र त्यसपछि अहिले उनलाई बेवास्ता गर्ने कुरा यही कारणले गर्दा विराट दुखी भएका हुन् र सन्यास लिने निर्णय गरेका हुन भन्ने टन्नै रहेका छन् ।
बीसीसीआई स्रोतहरूले पीटीआईलाई जानकारी दिएअनुसार बुमराहको बारेमा भनिएको थियो कि यदि उनी कप्तान बन्दैनन् भने उनलाई उपकप्तान दिनुको कुनै अर्थ छैन । यही कारणले ऋषभ पन्तलाई उपकप्तान दिने चर्चा चलिरहेको छ ।

आइपीएल : १४ वर्षीय वैभव सूर्यवंशीले थप खेल्न पाएको भए बनाउँथे धेरै रेकर्ड
_FOV0S3pBWT_8sp0hdgnhkn4j5wvepz7bdeb8wnzm37mrf1vzn9g3h8mvf7taxc7ocddxmoo_bYwKJD7l1x_z16fjetmnxbm2sfjvks2ct5flwylgyvcp7wpggfzpdqcw9uimvornsctvrct.jpeg)
कति बन्यो कीर्तिपुर क्रिकेट रंगशाला ? तस्बिरमा हेर्नुहोस्

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

प्रतिक्रिया