आइतबार २२ असार, २०८२
Sunday, July 06, 2025

सरकारको नीति तथा कार्यक्रममाथि प्रभु साहको टीप्पणीः डाइबिटिजका बिरामीलाई मिठाई खुवाए जस्तो

काठमाडौँ- आम जनता पार्टीका सांसद प्रभु साहले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम भ्रष्टाचारी र लुटतन्त्रलाई समर्थन गर्नेगरी आएको टिप्पणी गरेका छन् ।

प्रतिनिधि सभाको आइतबारको बैठकमा सरकारको अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै सांसद शाहले यस्तो टिप्पणी गरेका हुन् । सांसद शाहले उक्त नीति र कार्यक्रम हेर्दा डाइबिटिजका बिरामीलाई मिठाई खुवाएको जस्तो अनुभव भएको टिप्पणी गरे ।

उनले विदेशमा नेपाली नागरिकले कमाएको पैसा भ्रष्टाचारीहरूको फाइदामा प्रयोग भइरहेको समेत आरोप लगाउनु भयो । उनले भ्रष्टाचारबाट आर्जन गरेर विदेशमा थुपारको सम्पती फिर्ता गर्नेगरी नीति तथा कार्यक्रम आउनुपर्नेमा ठिक उल्टो आएको आरोप समेत लगाए । 

‘प्रश्तुत नीति तथा कार्यक्रमको बारेमा एक शब्दमा भन्नुपर्दा डाइबिटिजको बिरामीलाई मिठाई खुवाएजस्तै मैले अनुभुत गरेको छु । राज्यको उच्च ओहोदामा बस्नेहरूले खुलआम लुट्ने र भ्रष्टाचारको पैसा विदेशमा थुपार्ने यो अहिलेको मुल प्रवृत्ति भएको छ । लुट र भ्रष्टाचारको पैसाहरू रोक्छौं र फिर्ता ल्याउँछौं भन्ने प्रतिबद्धतासहित नीति तथा कार्यक्रम आउनुपथ्र्यो' उनले भने 'तर दुर्भाग्य उल्टो आयो । खुलेआम आरमसँग लग्नुस् भन्ने नीति तथा कार्यक्रम देखिन्छ । विदेशमा नेपाली नागरिकले कमाएको पैसा परिवारको लागि हो कि भ्रष्टाचारीको लागि हो ? वैधानिक तरिकाबाट पैसा पठाउँदा घट्ने र कालोधनसँग साट्दा बढेर गाउँमा आउने के सरकारलाई थाहा छैन ?’

उनले वैदेशिक रोजगारमा रहेका युवाहरूले आर्जन गरेको सम्पती समेत सदुपयोग हुने अवस्था निम्तिने गरी नीति तथा कार्यक्रम ल्याइएको भन्दै विरोध जनाए ।