एनएमबि बैंकको अगुवाइमा लाप्चे तामाकोशी र चेपे जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन

काठमाडौँ- एनएमबि बैंक लि., नबिल बैंक लि., नेपाल इन्फ्रास्ट्रक्चर बैंक लि., एभरेष्ट बैंक लि., तथा डायनामिक हाइड्रो ईनर्जी प्रा. लिबीच ४२ मेगावाट क्षमताको दोलखा जिल्ला, विगु गाउँपालिकामा अवस्थित लाप्चे तामाकोशी जलविद्युत आयोजनामा ऋण लगानी गर्न वित्तीय व्यवस्थापन भएको छ ।
आयोजनामा एनएमबि बैंक लि. अगुवा बैंक रहने छ । ४२ मेगावाट क्षमता रहेको लाप्चे तामाकोशी जलविद्युत आयोजनाको करिब लागत रु. ७ अर्ब रहने जानकारी गराईएको छ भने बैंक तथा वित्तीय संस्थाहरुको ऋण लगानी रु. ५ अर्ब २५ करोड रहनेछ ।
साथै एनएमबि बैंक लि.ले एकल लगानीमा चेपे खोला क्यास्केड जलविद्युत आयोजना (२ मेगावाट) को पनि वित्तीय व्यवस्थापन समापन गरेको छ । २ मेगावाट क्षमता रहेको चेपे खोला क्यास्केड जलविद्युत आयोजनाको अनुमानित लागत रु. ४३ करोड ४० लाख रहेको छ भने एनएमबि बैंक लि.ले रु. ३४ करोड ऋण लगानी गर्ने भएको छ ।
एनएमबि बैंक लि.को तर्फबाट दिनेश दुलाल – चिफ, सस्टेनेबल ईनर्जी बैंकिङ्ग तथा डायनामिक हाइड्रो ईनर्जी प्रा. लि. को तर्फबाट अध्यक्ष मोहन बिक्रम कार्कीले ऋण सम्झौता पत्रमा हस्ताक्षर गरे । एनएमबि बैंक लि.का प्रमुख कार्यकारी अधिकृत गोविन्द घिमिरे तथा कम्पनीको तर्फबाट अध्यक्ष मोहन बिक्रम कार्कीले ऋण सम्झौता पत्र आदान प्रदान गरे ।
सोही कार्यक्रममा एनएमबि बैंक लि.का प्रमुख कार्यकारी अधिकृत गोविन्द घिमिरेले एनएमबि बैंक लि.मा हाइड्रोपावर परियोजनाको प्राविधिक पक्ष, वातावरणीय तथा पर्यावरणीय पक्ष तथा अन्य जोखिमको सुक्ष्म तरिकाले अध्ययन तथा निगरानी गरी सोको उचित समाधान दिने जानकारी गराए ।
साथै मोहन बिक्रम कार्कीले एनएमबि बैंक लि.सँग यस परियोजना सहित ८ वटा परियोजनाको लागि ऋण उपभोग गरिरहेको तथा यस परियोजना निर्धारित लागत तथा समयसिमामा सम्पन्न गर्ने प्रतिवद्धता जाहेर गर्नुभयो । एनएमबि बैंक लि.ले हालसम्म ५० वटा भन्दा बढी जलविद्युत आयोजनाहरुमा लगानी गरिसकेको छ ।

सिद्घार्थ बैंकका ग्राहकहरुलाई सारंग हेल्थ केयरमा १० प्रतिशत सम्मको छुट

सानिमा बैंकको अन्तरबैंक टेलर क्युआर कारोबार सेवा सञ्चालन

एनआईसी एशिया बैंकका ग्राहकले भक्तपुर इन्टरनेसनल हस्पिटलमा २० प्रतिशत छुट पाउने

ग्लोबल आइएमई बैंकका ग्राहकलाई अन्नपूर्ण न्यूरो अस्पतालमा १०% छुट

एनआईसी एशिया बैंक र एएसजी आई केयर एण्ड हेल्थ सर्भिसबीच आँखा उपचारमा सहकार्य,…

एन आई सी एशिया बैंक २८ औं वर्षमा प्रवेश

नबिल बैंक उत्कृष्ट वित्तीय प्रतिवेदनको गोल्ड अवार्डबाट सम्मानित

प्रतिक्रिया