यारी भन्सार कार्यालयद्वारा सात लाख राजस्व संकलन

हुम्ला - यहाँको उत्तरी हिल्सामा स्थापना भएको यारी नाका भन्सार कार्यालयले रु. सात लाख ५५ हजार राजस्व संकलन गरेको छ ।
आर्थिक वर्ष २०८१/२०८२ सकिन अझै दुई महिना बाँकी हुँदा रु. सात लाख रुपैयाँ राजस्व संकलन गरेको यारी नाका भन्सार कार्यालयका प्रमुख रामराज जैसीले बताए । कार्यालयको यो आर्थिक वर्षमा रु. ८३ हजार राजस्व संकलन गर्ने लक्ष्य रहेको भए पनि हालसम्म रु. सात लाख संकलन भइसकेको प्रमुख जैसीले बताए । स्थायी कर्मचारी आफू एकजना मात्रै भए पनि कार्यालयको लक्ष्यभन्दा बढी राजस्व संकलन भएको उनको भनाइ छ ।
छिमेकी मुलुक चीनबाट आयातित हुने जुत्ताबाट सबैभन्दा बढी राजस्व संकलन भएको छ । हिल्सा नाका नभएर नेपाल आयात हुने जुत्ता, पिजी, ब्लांकेट, जुस, चकलेट, सिमेन्ट, सरियालगायतका सामानबाट राजस्व संकलन गरिएको भन्सार कार्यालय प्रमुख जैसीले बताए । चालु आर्थिक वर्षभित्र अझै राजस्व थप हुने अनुमान गरिएको छ ।

प्रतिकूल मौसमका कारण सगरमाथा आरोहण प्रभावित

निजी क्षेत्रमा कर्जा प्रवाह ७.१ प्रतिशतले बढ्यो

सुन चाँदी दुबैको घटयो मुल्य

शोधनान्तर स्थिति तीन खर्ब ४६ अर्ब २३ करोडले बचतमा

सगरमाथालाई नजिकैबाट नियाल्न गौरीटाप

हिमालबाट ७७ करोड रोयल्टी सङ्कलन

नौ महिनामा भित्रियो ११ खर्ब ९१ अर्ब ३१ करोड विप्रेषण

प्रतिक्रिया