बंगलादेशमा सडक दुर्घटनामा परी एकै महिनामा ५८८ को मृत्यु

बंगलादेशमा सडक दुर्घटनामा परी ५८८ जनाको मृत्यु भएको छ । सडक सुरक्षा फाउण्डेशनले आइतवार प्रकाशित गरेको मासिक प्रतिवेदनअनुसार अप्रिल महिनामा देशभर ५९३ सडक दुर्घटना भएका छन ।
जुन दुर्घटनामा परी गत अप्रिलमा मात्रै ५८८ जनाको मृत्यु भएको छ भने १ हजार १२४ जना घाइते भएका छन् । यसरी मृत्यु हुनेमा ८६ महिला र ७८ बालबालिकासमेत रहेका छन् ।
यीमध्ये २ सय १८ मोटरसाइकलका घटनामा २ सय २९ जनाको मृत्यु भएको थियो भने यसबाहेक सात जलमार्ग दुर्घटनामा आठ जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । साथै, २२ रेल दुर्घटनामा २४ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।
आरएसएफले ९ वटा राष्ट्रिय दैनिक, सात अनलाइन न्यूज पोर्टल र विभिन्न इलेक्ट्रोनिक मिडियाबाट प्राप्त जानकारीका आधारमा प्रतिवेदन तयार गरेको जनाएको छ ।
प्रतिवेदन अनुसार राजधानी ढाकामा सबैभन्दा धेरै दुर्घटनाहरू रेकर्ड गरिएको छ, जस अनुसार १७३ घटनाहरूमा १५४ जनाको मृत्यु भएको छ भने रंगपुरमा सबैभन्दा कम ३१ दुर्घटना हुँदा ३२ जनाको मृत्यु भएको थियो।
जिल्ला स्तरमा चटगाउँमा ३५ दुर्घटनामा ४६ जनाको मृत्यु भएको छ भने निल फामारीमा दुर्घटना भए पनि कसैको ज्यान गएको छैन ।जसअनुसार राजधानी ढाकामा ३४ सडक दुर्घटनामा १९ जनाको मृत्यु भएको छ भने २७ जना घाइते भएका छन् ।
प्रतिवेदनले दुर्घटनाका धेरै कारणहरू पनि पहिचान गरेको छ । जसअनुसार अव्यवस्थित सवारी साधन, लापरबाही, अदक्ष चालक, राजमार्गमा सुस्त गतिमा गुड्ने सवारी साधनको उपस्थिति र ट्राफिक नियमको सार्वजनिक बेवास्ता लगायतका कारणहरू छन्।
सिफारिसका रूपमा प्रतिवेदनले दक्ष चालकको विकास, ट्राफिक नियमको कडाइका साथ पालना, राजमार्गबाट ढिलो गुड्ने सवारी साधन हटाउन र समर्पित सेवा सडक निर्माण गर्न सुझाव दिएको छ ।

ड्रोन र मिसाइल आक्रमणको सामना गर्दै युक्रेन, अन्तर्राष्ट्रिय प्रतिबन्धको माग

गाजामा इन्धन आपूर्ति दोस्रो दिन पनि अपर्याप्त : संयुक्त राष्ट्रसंघ

एक अर्ब ३७ करोडको ब्याग, जो हालै एक जापानीले लिलामीमा लिए

डेढ वर्षमा एक लाख ५० हजार रोहिङ्ग्याले बङ्गलादेशमा शरण लिएको राष्ट्रसंघद्वारा प…

चीनले बनायो प्रतिघण्टा ६०० किमी गुड्ने म्याग्लेभ रेल

म्यान्मारको बौद्ध बिहारमा हवाई आक्रमण, २३ जनाको मृत्यु
_0Q0VUv201A_kvt31x87ukqaspt0vuudke45gt9vmpatmrq9ftfj2i8m6kiog2bq3yjrovlf_AFNUDpsKj6_15if3eshn3xxhedwwlg1hta5ucdhylnbxyernldnltz7aqcrujv0uuzzmnww_A3DxqOYBXA_qydzohbuqx6qc3soelnfq5co1vrusc2sapiwh0wix5cuvjp9wu5xfatfdgue_rc0WBSrQ3y_bicqfkfdwtxyo171jxygaxdpb3agvkbbo5beapjhuxwgpi7boltnklxtt48i_KBqAHzumYr_bugauevmqxkps2npfc8nqhpwfag9j8yhyfieqfcbra38ilk0hsuaeztf4uk0_afMnwqnG2q_hdtee7gxhxeuuaiszeb7zbcuvdcu7wwfm7vpfqna50acjic3by611wypin90.jpg)
पाकिस्तानमा मनसुनको प्रकोप : ९८ जनाको मृत्यु, १८५ भन्दा बढी घाइते

प्रतिक्रिया