अमेरिका र चीनबीच व्यापार सम्झौतामा हस्ताक्षर, आज सार्वजनिक गरिने
स्वीट्जरल्याण्डको जेनेभामा अमेरिका र चीनबीच व्यापार सम्झौतामा हस्ताक्षर भएको छ । जेनेभामा दुई दिने वार्तापछि दुई देशबीच यो सम्झौता भएको हो । यो चीनसँग चलिरहेको व्यापार युद्धको बीचमा राष्ट्रपति डोनाल्ड ट्रम्पको लागि ठूलो जीत मानिएको छ।
ह्वाइट हाउसले मे ११ मा एक विज्ञप्तिमा चीन व्यापार सम्झौताको घोषणा गर्यो। यद्यपि ह्वाइट हाउसले यसको विवरण दिएको छैन। चिनियाँ उपप्रधानमन्त्री हे लिफेङले सोमबार जेनेभामा संयुक्त वक्तव्य जारी गर्ने बताए।
यसै क्रममा उप वाणिज्य मन्त्री ली चेङगाङले यो विश्वका लागि खुसीको खबर हुने बताए । अमेरिकी अधिकारीहरूले यसलाई व्यापार घाटा कम गर्ने सम्झौताको रूपमा वर्णन गरेका छन जबकि चिनियाँ अधिकारीहरूले भने कि दुई पक्ष महत्त्वपूर्ण सहमतिमा पुगेका छन् र नयाँ आर्थिक वार्ता सुरु गर्न सहमत भएका छन्।
गत महिना ट्रम्पले चिनियाँ सामानमा १४५ प्रतिशत कर लगाएका थिए, जसको बदलामा चीनले पनि अमेरिकी सामानमा १२५ प्रतिशतसम्म कर लगाएको थियो । जसका कारण विश्वका दुई ठूला अर्थतन्त्र बीचको वार्षिक ६०० अर्ब डलरको व्यापार लगभग ठप्प हुनेवाला थियो ।

ड्रोन र मिसाइल आक्रमणको सामना गर्दै युक्रेन, अन्तर्राष्ट्रिय प्रतिबन्धको माग

गाजामा इन्धन आपूर्ति दोस्रो दिन पनि अपर्याप्त : संयुक्त राष्ट्रसंघ

एक अर्ब ३७ करोडको ब्याग, जो हालै एक जापानीले लिलामीमा लिए

डेढ वर्षमा एक लाख ५० हजार रोहिङ्ग्याले बङ्गलादेशमा शरण लिएको राष्ट्रसंघद्वारा प…

चीनले बनायो प्रतिघण्टा ६०० किमी गुड्ने म्याग्लेभ रेल

म्यान्मारको बौद्ध बिहारमा हवाई आक्रमण, २३ जनाको मृत्यु
_0Q0VUv201A_kvt31x87ukqaspt0vuudke45gt9vmpatmrq9ftfj2i8m6kiog2bq3yjrovlf_AFNUDpsKj6_15if3eshn3xxhedwwlg1hta5ucdhylnbxyernldnltz7aqcrujv0uuzzmnww_A3DxqOYBXA_qydzohbuqx6qc3soelnfq5co1vrusc2sapiwh0wix5cuvjp9wu5xfatfdgue_rc0WBSrQ3y_bicqfkfdwtxyo171jxygaxdpb3agvkbbo5beapjhuxwgpi7boltnklxtt48i_KBqAHzumYr_bugauevmqxkps2npfc8nqhpwfag9j8yhyfieqfcbra38ilk0hsuaeztf4uk0_afMnwqnG2q_hdtee7gxhxeuuaiszeb7zbcuvdcu7wwfm7vpfqna50acjic3by611wypin90.jpg)
पाकिस्तानमा मनसुनको प्रकोप : ९८ जनाको मृत्यु, १८५ भन्दा बढी घाइते

प्रतिक्रिया