‘समतामूलक समाज निर्माण गर्न बुद्धका उपदेश प्रेरणादायी’

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले बुद्धका उपदेश र मार्गदर्शनलाई आत्मसात् गर्दै सामाजिक न्यायसहित समतामूलक समाज निर्माण गर्नुपर्ने बताएका छन् ।
अध्यक्ष नेपालले २५६९औँ बुद्धजयन्तीको अवसरमा आज शुभकामना सन्देश जारी गर्दै आपसी सद्भाव, सहअस्तित्व, सहिष्णुता र पारस्परिक सम्मानको भावनाले शान्तिपूर्ण समाजको विकास हुने बताए । उनले शान्तिका दूत बुद्धको जन्म र बुद्धत्वको संयोग परेको आजको दिन विभिन्न धार्मिक, सामाजिक तथा सांस्कृतिक समुदायलाई एकताबद्व हुन थप प्रेरित गर्ने विश्वास व्यक्त गरे ।
अध्यक्ष नेपालले प्राचीन सभ्यता र समृद्धिको इतिहासबाट राष्ट्रियतालाई थप सुदृढ एवं सबल बनाउन सकिने उल्लेख गरे । उनले किरात समुदायको उभौली पर्वका अवसरमा पनि देश विदेशमा रहेका सम्पूर्ण नेपालीलाई शुभकामना व्यक्त गर्दै विविधतामा एकता अभिवृद्धि गर्न सांस्कृतिक पर्वको प्रवद्र्धन गर्नुपर्नेमा जोड दिए । रासस

"निजी क्षेत्रको समस्या समाधान सरकारको पहिलो प्राथमिकता : अर्थमन्त्री पौडेल"

हात हालाहालको स्थिति लडाइँमा परिणत हुन पाएनः प्रधानमन्त्री ओली

‘बुद्धको सन्देश विश्वका लागि अझ सान्दर्भिक छ’

लुम्बिनीलाई बौद्ध धर्मावलम्बीको पवित्र तीर्थस्थलको रुपमा परिचित गराउन जरुरी छ :…

बुद्ध मार्ग अनुसरण गर्न सक्नु नै स्थायी शान्तिको प्रमुख आधार हो: सभामुख घिमिरे

गौतमबुद्धको प्रकृतिप्रेमी दृष्टिकोणले वातावरण संरक्षणमा योगदान पुग्नेः उपराष्ट्र…

जनताको पक्षमा हुनेगरी संविधान संशोधन गर्न आवश्यक छ : प्रचण्ड

प्रतिक्रिया