हात हालाहालको स्थिति लडाइँमा परिणत हुन पाएनः प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले बुद्धका उपदेशहरु विश्व शान्तिका लागि महत्वपूर्ण रहेको बताउनुभएको छ । २६४९ औं बुद्धजयन्ती एवं २५६९औं बुद्धसम्वत तथा लुम्विनी दिवसका अवसरमा सोमबार लुम्विनीमा आयोजना गरिएको मूल समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले बुद्धका शान्तिको सन्देशहरुको अर्थ अहिले पनि रहेको र विश्वका लागि महत्वपूर्ण रहेको बताउनुभएको हो । हालै भारत र पाकिस्तानबीच अलिकति हात हालाहाल भएको तर अघि बढ्न नपाएको उल्लेख गर्दै उहाँले संयमका लागि धन्यवाद दिनुभयो ।
उहाँले हात हालाहालको स्थिति लडाइँमा परिणत हुन नपाओस् भन्ने कामना नेपालले गर्दै कुरा समेत गरेको जिकिर गर्नुभयो । यस अर्थमा सबै कुराका लागि शान्तिको महत्व रहेको उहाँले बताउनुभयो । उहाँले अहिले मासड्रिस्टक्सनका हतियारहरुको निर्माण र थुप्रो लगाउने काम भइरहेको र यो मानव र धर्तीको अस्तित्वका लागि बहुत खतरनाक चिज भएको उल्लेख गर्नुभयो ।
यसकारण यस खतरनाक चिजबाट उन्मुक्तिका लागि फेरि पनि विश्व शान्तिको पक्षमा रहनुुपर्ने उहाको भनाइ छ । त्यस्तै प्रधानमन्त्री ओलीले लुम्विनी क्षेत्रको विकास, यसको वफरजोनको विकास लगाएतका कुराहरुमा सरकारले बिशेष ध्यान दिने धारणा राख्नुभयो । उहाँले लुम्बिनी बौद्ध विश्वविद्यालयले बुुद्धिजम्को सन्दर्भमा खोज अध्ययन र अनुुसन्धानका ध्यान दिने विश्वास व्यक्त गर्नुभयो । प्रधानमन्त्री ओलीले बृहत लुम्विनी गुुरुयोजनालाई सकेसम्म छिटै पूरा गर्ने सरकारको प्रयास रहेको जानकारी दिनुभयो ।

"निजी क्षेत्रको समस्या समाधान सरकारको पहिलो प्राथमिकता : अर्थमन्त्री पौडेल"

‘बुद्धको सन्देश विश्वका लागि अझ सान्दर्भिक छ’

‘समतामूलक समाज निर्माण गर्न बुद्धका उपदेश प्रेरणादायी’

लुम्बिनीलाई बौद्ध धर्मावलम्बीको पवित्र तीर्थस्थलको रुपमा परिचित गराउन जरुरी छ :…

बुद्ध मार्ग अनुसरण गर्न सक्नु नै स्थायी शान्तिको प्रमुख आधार हो: सभामुख घिमिरे

गौतमबुद्धको प्रकृतिप्रेमी दृष्टिकोणले वातावरण संरक्षणमा योगदान पुग्नेः उपराष्ट्र…

जनताको पक्षमा हुनेगरी संविधान संशोधन गर्न आवश्यक छ : प्रचण्ड

प्रतिक्रिया