गाउँगाउँमा राष्ट्रिय परिचयपत्र शिविर

अदानचुली– राष्ट्रिय परिचयपत्र बनाउन जिल्ला प्रशासन कार्यालयको टोली गाउँगाउँमा पुगेको छ ।
पछिल्लो समय सरकारले सबै निकायमा राष्ट्रिय परिचयपत्रलाई अनिवार्य गरेपछि जिल्ला प्रशासनको आग्रहमा राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागको टोलीले जिल्लाको तल्लो क्षेत्र ताँजाकोटबाट शिविर सञ्चालन गरेको सहायक प्रमुख जिल्ला अधिकारी राजेन्द्रबहादुर चन्दले बताए।
यही वैशाख २८ गते आइतबारबाट सुरु गरिएको राष्ट्रिय परिचयपत्रको विवरण प्रविष्ट गर्ने सम्बन्धी सेवा गाउँगाउँमा पुर्याएर हुम्ली बासी आमाबुवा, दिदी बहिनी तथा दाजुभाइका घरदैलोमा सेवा प्रदान गर्न शिविर सञ्चालन गरिएको उनले बताए ।
उक्त शिविर जिल्लाका सात वटै गाउँपालिकामा सञ्चालन गर्ने भएकाले राष्ट्रिय परिचयपत्र नभएका सबै नागरिकले आवश्यक पर्ने सक्कलै कागजात दुरुस्त गरी तयारी अवस्थामा रहन अनुरोध गरिएको छ ।
कुन गाउँपालिकामा कति दिन बस्ने भन्ने कार्यतालिका नभए पनि गाउँपालिकाको आवश्यकताका आधारमा शिविर सञ्चालन गर्ने जनाइएको छ ।

वैदेशिक रोजगारीमा ज्यान गुमाएका परिवारलाई क्षतिपूर्ति उपलब्ध

इ–रिक्सा चलाएर आत्मनिर्भर बन्दै महिला

साकेला उभौली चाड : ‘प्राकृतिक विपत्ति नपरोस्’ भन्ने कामना गरिँदै

कपडा किनिदिने बहानामा रक्सौल लगेर यौनधन्दामा लगाउने युवती पक्राउ

शक्तिशाली सरकारलाई फेसबुक, एक्सले टेरेनन्ः चार वटा मात्रै सूचिकृत

सैनिक कल्याणकारी कोष हिनामिना काण्ड : जमदार थापा कारागार चलान, २ अधिकृत हि…

आजको मौसमः मधेस र लुम्बिनीमा हावाहुरी चल्ने

प्रतिक्रिया