धर्म नभएकाले राजनीति गर्दा नागरिकलाई भूटानी शरणार्थी बनाएर पैसा कमाउने बुद्धि आउँदो रहेछः अध्यक्ष लिङदेन

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले धर्मरहित राजनीति गर्नेहरुका कारण मुलुकले आफ्नो धार्मिक तथा सांस्कृतिक पहिचान गुमाएको टिप्पणी गरेका छन् । कास्कीको पोखरामा जारी कोटिहोम महायज्ञलाई सोमवार सम्बोधन गर्दै अध्यक्ष लिङदेनले राजनीति गर्नेहरूका कारण मुलुकले आफ्नो धार्मिक तथा सांस्कृतिक पहिचान गुमाएको बताएका हुन् ।
उनले धर्म निरपेक्षताको नाममा राजनीति गर्नेहरूले आम नागरिकलाई नक्कली भूटानी शरणार्थी बनाएर पैसा कमाउने काम गरिरहेको टिप्पणी गरे । अब पूजापाठ गरेर मात्र धर्मको रक्षा नहुने बताउँदै अध्यक्ष लिङदेनले धर्मप्रतिको व्यवहारिक कर्तव्य निभाउनुपर्नेमा जोड दिए । उनले बद्नाम नेताहरुसँगै राजनीति गरिरहेको भएपनि राजनीतिक जीवनमा एक रुपैयाँ पनि अनियमित ढंगले नकमाएको उहाँको दाबी छ । उहाँले धर्म र संस्कृतिमाथि प्रहार भइरहेको उल्लेख गर्दै यसको संरक्षणका लागि सबै एकजुट हुनुपर्नेमा जोड दिए ।
उनले भने , ‘तपाईंहरुले याद गर्नुभएको छ कि छैन । धर्म निरपेक्षको राजनीति गर्नेहरु, धर्मरहित राजनीति गर्नेहरुले के गरिराखेका छन् । धर्मरहित राजनीति गर्नेहरुलाई आफ्नो जनतालाई नक्कली भुटानी शरणार्थी बनाएर पैसा कमाउने बुद्धि आउँदो रहेछ । हामी धर्मसहितको राजनीति गर्छौं । भ्रष्टाचार गरेर खानु आमाको रगत खानु सरह हो भनेर भन्छौँ । अहिले म पनि बदनाम नेताहरुको बीचमै छु । तर भ्रष्टाचार गरेर खानु आमाको रगत खानु सरह हो मात्रै भन्दिन, यति लामो राजनीतिमा एक रुपैयाँ पनि खाएको छैन भनेर जुनसुकै मन्दिरमा छिर्न सक्छु । त्यो निष्ठा बोकेको मान्छे अरु कसले के भन्छ म चिन्ता लिँदिन । हामीले कर्मकाण्ड गरेर, पूजा अनुष्ठान गरेर मात्र अब नपुग्ने भएको छ । आफ्नो धर्मकाप्रति हाम्रा कर्तव्य पनि छन् । हामीले हाम्रो पहिचान अकारण गुमाउनु पर्यो । गलत नेतृत्वको कारण गुमाउनुप¥यो । त्यसप्रति पनि हाम्रा कर्तव्य छन् भन्नेकुरा हामीले यस प्रकारका यज्ञमा आउँदा थाहा पाउनुपर्छ ।’
धर्म र संस्कृति रहेमात्र मुलुक रहने उल्लेख गर्दै अध्यक्ष लिङ्देनले धर्मको संरक्षण र प्रवद्र्धनका लागि लागि पर्न सबैमा आग्रह गरे । —न्युज एजेन्सी नेपाल

लोकतन्त्रका लागि लडेर आएकाले यसको रक्षार्थ कटिबद्ध छौँ : प्रधानमन्त्री ओली

राप्रपा अध्यक्ष लिङदेनले गरे उपाध्यक्ष गिरीलाई पदमुक्त

एमाले पोलिटव्यूरो बैठक शनिबार बस्नेगरी सकियो

मुक्तकमैयाका समस्या समाधान गर्न तीनै तहका सरकार लाग्नुपर्छः मुख्यमन्त्री शाह

साहित्यकार तथा कलाकारहरू माओवादी केन्द्रमा प्रवेश

वामदेव गौतम एकीकृत समाजवादीमा समाहित हुँदै, आज एकता घोषणा

पर्यटन बोर्डका पूर्वसीईओ रेग्मी रास्वपा प्रवेश

प्रतिक्रिया