मर्मतपछि कुलेखानी तेस्रोद्वारा विद्युत उत्पादन सुरु

मकवानपुरको भीमफेदी गाउँपालिका–१ सानुटारस्थित कुलेखानी जलविद्युत् आयोजना तेस्रोको एउटा टर्वाइनमा देखिएको ‘एलाइनमेन्ट’ समस्या मर्मत सम्भार गरी आज साँझदेखि विद्युत उत्पादन सुरु गरिएको छ । विद्युत् गृहको एउटा टर्वाइनमा एलाइन्मेन्टको समस्या मर्मत गर्न केहीदिन अघिदेखि विद्युत गृह बन्द गरिएको थियो ।
कूल १४ मेगावाट मध्ये एउटा टर्वाइनबाट सात मेगावाट विद्युत् उत्पादन हुँदै आएको कुलेखानी जलविद्युत् केन्द्रका प्रमुख प्रसन्न मुनि ताम्राकारले बताए । उक्त विद्युत् केन्द्रमा रहेको दुई वटा टर्वाइन लगातार सञ्चालन भइरहँदा एउटा टर्वाइनमा ठोकिएर ठूलो आवाज आइरहेकाले तत्काल बन्द गरेर चिनियाँ कम्पनीका प्राविधिकमार्फत मर्मत सुरु गरिएको ताम्राकारले जानकारी दिए ।
टर्वाइन मेसिन सञ्चालन आएको केही घण्टा पछिदेखि साविकमा उत्पादित १४ मेगावाट विद्युतको केन्द्रीय ग्रिडमा जोडिने आयोजना कार्यालयले जनाएको छ । कुलेखानी पहिलो आयोजनाबाट ६० मेगावाट र दोस्रोबाट ३२ मेगावाट विद्युत उत्पादन हुँदै आएको छ ।

पर्यटन क्षेत्रमा आन्तरिक तथा वाह्य लगानी भित्र्याउन हरेक स्थानीय तहले पहल गर्नुपर्…

नबिल बैंकको पाँचौ प्रायोरिटी बैंकिङ लाउञ्ज बौद्ध शाखामा

एकवर्षको सफल परीक्षणपछि अब नेपालमा सार्वजनिक हुँदै TUNLAND G7

प्रतिकूल मौसमका कारण सगरमाथा आरोहण प्रभावित

निजी क्षेत्रमा कर्जा प्रवाह ७.१ प्रतिशतले बढ्यो

सुन चाँदी दुबैको घटयो मुल्य

शोधनान्तर स्थिति तीन खर्ब ४६ अर्ब २३ करोडले बचतमा

प्रतिक्रिया