प्रदेश २ : दुई विधेयक प्रमाणीकरण, दुई फिर्ता

जनकपुरधार : प्रदेश २ का प्रमुख डा राजेश अहिराजले बिहीबार दुई विधेयक प्रमाणीकरण गरेका छन् भने दुई फिर्ता पठाएका छन् । प्रदेश सभाबाट पारित भई आएका ‘प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक २०७८’ र ‘विनियोजन विधेयक २०७८’ प्रमाणीकरण गरिएको हो ।
त्यसैगरी उनले स्वास्थ्यसम्बन्धी व्यवस्थापन गर्न बनेको विधेयक र प्रदेश पदक सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक फिर्ता पठाएका छन् । डा अहिराजले यसअघि पनि ती विधेयक प्रमाणीकरण नगरी फिर्ता पठाएका थिए । ती विधेयकमा केही बुँदा परिमार्जन गर्नुपर्ने भएको हुँदा फिर्ता पठाइएको प्रदेश प्रमुख कार्यालयले जनाएको छ ।

सशस्त्र प्रहरीद्वारा साढे सात हजार कुखुराका चल्ला बरामद

रौतहटमा विपद्सँग जुध्न विपद् प्रतिकार्य अभ्यास

सप्तरीमा डाका समूहद्वारा लुटपाटसँगै एकको हत्या

मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु

मधेस प्रदेशमा राष्ट्रिय शिक्षा सम्मेलन हुने

वीरगञ्ज नाका हुँदै भित्रिने चार पाङ्ग्रे सवारीसाधनको आयात घट्यो

हात्तीको आक्रमणबाट विष्टको मृत्यु

प्रतिक्रिया