नेपाल र मलेसियाका सांसदहरुबीच संसदीय प्रक्रियाबारे अनुभव आदानप्रदान

नेपाल र मलेसियाका सांसदहरुले एक आपसमा दुवै देशको संसदीय प्रक्रियाबारे अनुभव आदानप्रदान गरेको छ ।
मंगलवार सिंहदरबारमा राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिका सदस्यहरुले मलेसियाका सांसदहरुसँग संसदीय प्रक्रियाबार अनुभव आदानप्रदान गरेका हुन् । संसदीय प्रक्रियाबारे अनुभव आदान प्रदान गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद बुद्धिमान तामाङले मलेसिया–नेपाल पाल्र्यामेण्ट फ्रेण्ड्सिप ग्रुपले आवश्यक कार्यक्रमहरु गर्न नसकेको बताउनु भयो । उहाँले फ्रेण्ड्सिप ग्रुप बनाए पनि सक्रिय हुन नसकेको जिकिर गर्नुभयो । उहाँले दुई देशबीचको मित्रता अझै प्रगाढ हुँदै जाने विश्वास व्यक्त गर्नुभयो ।
समितिको बैठकमा राष्ट्रिय सभा सदस्य वामदेव गौतमले मलेसिया र नेपालबीच जनस्तरबीचको सम्बन्ध प्रगाढ रहेको बताउनु भयो । उहाँले विकासको गति मलेसियाले धेरै अगाडि बढाएको जिकिर गर्नुभयो ।
समितिको बैठकमा समिति सभापति कमलादेवी पन्तले मलेसियाका सांसदहरुलाई समितिको तर्फबाट मायाको चिनो समेत प्रदान गर्नुभयो । बैठकमा अन्य सांसदहरुले मलेसिया र नेपालबीतको संसदीय सम्बन्ध पनि थप मजबुत बनाउँदै एक अर्काको संसदीय अभ्यासहरु सिक्दै अघि बढ्न जरुरी रहेको बताए । –न्युज एजेन्सी नेपाल

रवीन्द्र मिश्र र प्रसाईलाई थप पाँच दिन हिरासतमा राख्न अनुमति

औषधि लिमिटेडको औषधि तीन तहमै उपलब्ध गराउन स्वास्थ्य मन्त्रालयद्वारा सहजीकरण समि…

गभर्नरको विषयलाई सरकारले राजनीतिकरण गर्यो: वर्षमान पुन

बजेट निर्माणको प्रेसर अवधिमा छौं, आयोगका सुझावहरूलाई सकेसम्म सम्बोधन गर्छौंः …

प्रधानमन्त्रीद्दारा उच्चस्तरको फिल्म स्टुडियो उदघाटन

आन्दोलन शान्तिपुर्ण हुन्छ, भडकाउने काम नगर्नुहोस्: कमल थापा

चलचित्र विकास बोर्डको जग्गा हिनामिनाबारे छानविन हुन्छः प्रधानमन्त्री ओली

प्रतिक्रिया